February 16, 2026
बिराटनगरमा वेवारिसे अवस्थामा ५,४१० थान चश्मा बरामद
विराटनगर। विराटनगर महानगरपालिका वडा नं. ९, घोघापुलस्थित क्षेत्रमा वेवारिसे अवस्थामा ठूलो परिमाणमा चश्मा बरामद गरिएको छ।
आज अपराह्न करिब ४:५० बजे विराटनगर महानगरपालिका–९, घोघापुलबाट १४ ओटा पोकामा राखिएको अन्दाजी मूल्य रु. ५,४१,००० बराबरको ५,४१० थान चश्मा फेला परेको हो।
CRV घोघापुलबाट खटिएको प्रहरी टोलीले उक्त चश्माहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका सामानहरू आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय रानी मा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
