नेपाली र्याप ‘टिङ टिङ्ग’ सार्वजनिक, देशको अवस्था र भ्रष्टाचारविरुद्ध कडा सन्देश
विराटनगर । नेपाली र्याप गीत ‘टिङ टिङ्ग’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। (BARISTHA) रितेश सापकोटाको स्वरमा रहेको उक्त गीत मंगलबार विराटनगरमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।
गीतले वर्तमान राष्ट्रिय अवस्था, राजनीतिक विकृति तथा भ्रष्टाचारका विषयलाई उठान गरेको छ। गायक सापकोटाले गीतमार्फत देशले भोगिरहेको परिस्थिति, जनताको पीडा र राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि प्रस्ट रूपमा प्रस्तुत गरेका छन्। सामाजिक यथार्थलाई र्याप शैलीमा अभिव्यक्त गरिएको यस गीतले दर्शक तथा श्रोतामाझ विशेष सन्देश दिने अपेक्षा गरिएको छ।
उक्त म्युजिक भिडियो हाइफाइभ प्रोडक्सन्सको प्रस्तुति हो। गीतका निर्माता राहुल राई रहेका छन् भने प्रोडक्सन म्यानेजरमा अभिषेक सहनी र विवेक शाह छन्। बीट BBO Beats ले तयार गरेका हुन्।
भिडियोको निर्देशन रोय अभिषेकले गरेका छन्। सहायक निर्देशक निखिल शाह, मेकअप आर्टिस्ट सुभद्रा रोय, रेकर्ड / मिक्स / मास्टर Kpass, बिहाइन्ड द सिन्स नवीन सिंह र कार्यकारी निर्माता रोशन मण्डल रहेका छन्। त्यसैगरी डिओपी तथा सम्पादन पनि रोय अभिषेकले नै गरेका हुन् भने सेट डिजाइन अमर रोयले तयार गरेका छन्। गाफर सुरज सिलवाल तथा लाइटम्यान मुकेश ताम्राकार र आलम शेख रहेका छन्।
समाजका समसामयिक विषयलाई समेटेर तयार गरिएको ‘टिङ टिङ्ग’ ले नेपाली र्याप संगीतमा नयाँ बहस र ऊर्जा थप्ने विश्वास निर्माण टिमले लिएको छ।
भिडियो;-
