August 5, 2022
नेपाल समाजवादी पार्टीको बैठक भोलि बस्ने
काठमाडौं । नेपाल समाजवादी पार्टीको बैठक भोलि (शनिबार) बस्ने भएको छ। काठमाडौंमा बस्ने बैठकमा विविध एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ ।
बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन सम्बन्धी निर्णय हुने बताइएको छ ।
यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ