नेपाली कांग्रेसले संकल्प पत्र ‘घोषणापत्र’ शनिबार सार्वजनिक गर्ने

विराटनगर। नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनका लागि संकल्प पत्र ‘घोषणापत्र’ शनिबार सार्वजनिक गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार घोषणपत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन्। महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वको समूहले चुनावको घोषणापत्र तयार गरेको हो।