विराटनगर-१२ मा जसपा समाजवादी पार्टी नेपालको प्रथम एतिहासिक वडा कमिटी अधिवेशन सम्पन्न

विराटनगर / जसपा समाजवादी पार्टी नेपाल विराटनगर वडा नं १२ को प्रथम एतिहासिक वडा कमिटी अधिवेशन २०८२ सालको बैशाख १४ गते शनिबार भव्य रुपमा सम्पन्न गरिएको छ। कार्यक्रमको उद्घाटन जसपा केन्द्रीय सदस्य कुन्ता राईले दीप प्रज्वलन गरी गर्नु भयो।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै राईले आगामी बैशाख २९ गते मोरङमा आयोजना हुन लागेको पार्टीको महाधिवेशनको तयारीस्वरूप पालिकाका सबै वडाहरूमा अधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताउनुभयो।

वडा कमिटी अधिवेशनबाट रामानन्द यादव अध्यक्ष, जय नारायण यादव उपाध्यक्ष, वैजनाथ भण्डारी सचिव, शुभराज ऋषिदेव सह–सचिव, परिता राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका छन्। यस्तै, मातृका प्रसाद राजवंशी, वेचनी महतो, सपना लावती, रघु कामत, वंश राय, ज्योति कामत र कुलेश्वर कामत सदस्यमा चयन भएका छन्।

कार्यक्रममा विराटनगर महानगरपालिकाका नगर अध्यक्ष अमरेन्द्र यादव, जसपा केन्द्रीय सदस्य महेश्वर यादव, मोरङ जिल्ला उपाध्यक्ष मन्तना यादव, वडा नं १२ का वडाध्यक्ष हिरालाल कामत, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव लगायतका पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Add a Comment

Your email address will not be published. Required fields are marked *