पारस मल्टिस्पेसियलिटी अस्पताल र च्याम्पिएन्स कराते एकेडेमीबीच सम्झौता
बिराटनगर। विराटनगरस्थित पारस मल्टिस्पेसियलिटी अस्पताल र च्याम्पिएन्स कराते एकेडेमीबीच आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ।
पुस १५ गते आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता र एकेडेमीका सञ्चालक सुरज कामतले सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्झौता सम्पन्न गरेका हुन्।
यसअघि मंसिर २० गते सम्पन्न एकेडेमीको वार्षिक उत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. सन्फिउर रहमानले एकेडेमीका खेलाडी, विद्यार्थी तथा उनीहरूका अभिभावकलाई अस्पतालको उपचार सेवामा निश्चित प्रतिशतसम्म छुट दिने घोषणा गरेका थिए।
सम्झौताअनुसार अस्पतालले खेलाडीहरूलाई आवश्यक स्वास्थ्य सेवा, सुविधा तथा निरन्तर सहयोग प्रदान गर्नेछ। सो अवसरमा प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझ प्रगति हुने विश्वास व्यक्त गरे।
त्यसैगरी, एकेडेमीका संचालक तथा कोच सुरज कामतका अनुसार हाम्रो देशका थुप्रै खेलाडीहरूले खेल्ने क्रममा बिभिन्न दुर्घटनामा परी त्यसको समयमा सही उपचार गर्न नपाएर खेलकुदको सपना अधुरै छोडेर बस्नु पर्ने अवस्थामा छन्, जुन कुरालाई सरकारले अनदेखा ,वेवास्ता गर्दै आएको छ। यस्तो समस्याहरुलाई मध्यनजर गर्दै हाम्रो एकेडेमीका खेलाडी विध्यार्थीहरुले स्वास्थ्य सम्बन्धी कुनै समस्या भोग्नु नपरोस् र राम्रो सुविधा सहितको उपचार प्राप्त गर्न पाउन भन्ने उदेश्यले अस्पताल बिच साझेदारी गरिएको बताए। अस्पतालले रेफर गरी पठाएका विद्यार्थीहरूलाई च्याम्पिएन्स कराते एकेडेमीले निःशुल्क प्रशिक्षण तथा तालिम प्रदान गर्ने उनले जानकारी ।
