रोडशेष डेन्टल जोन एण्ड ओरल केयर क्लिनिक र च्याम्पिएन्स कराते एकेडेमीबीच सम्झौता
बिराटनगर । विराटनगरस्थित रोडशेष डेन्टल जोन एण्ड ओरल केयर क्लिनिक र च्याम्पिएन्स कराते एकेडेमीबीच आपसी सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
पुस १५ गते आयोजित कार्यक्रममा रोडशेष डेन्टल जोन एण्ड क्लिनिकका सञ्चालक तथा दन्त रोग विशेषज्ञ डा. शेखर कुमार मण्डल र च्याम्पिएन्स कराते एकेडेमीका सञ्चालक तथा कोच सुरज कामतले सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्झौता गरेका हुन्।
कराते प्रशिक्षणका क्रममा विद्यार्थीहरूको दाँतमा चोटपटक लाग्ने वा विभिन्न दन्तसम्बन्धी समस्या देखा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै, क्लिनिकले विद्यार्थीहरूको नियमित दाँत जाँच तथा उपचारमा केही प्रतिशत छुट प्रदान गर्ने सहमति जनाएको छ।
त्यसैगरी, रोडशेष डेन्टल जोन एण्ड क्लिनिकले रेफर गरी पठाएका विद्यार्थीहरूलाई च्याम्पिएन्स कराते एकेडेमीले निःशुल्क प्रशिक्षण तथा तालिम प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ।
सम्झौताले दुवै संस्थाबीचको सहकार्यलाई थप सुदृढ गर्दै विद्यार्थीहरूको स्वास्थ्य र खेलकुद विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
