Category: समाचार

नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु

चितवन । नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ । भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै

तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग : सांसद देव गुरुङ

काठमाडौं। सांसद देव गुरुङले तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले निर्वाचनसम्बन्धी कार्यतालिकाका लागि तत्काल ऐन ल्याउनुपर्ने माग गरे। सरकारले मंसिर ४ गते संघ र प्रदेशसभा सदस्य निर्वाचनको घोषणा गरेको छ।प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर संविधानको धारा ८५ (१) ले भनिको छ। सर्वोच्च

सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन निरन्तर घट्दै

काठमाडौं सेयर बजार निरन्तर ओरालो लागेको छ। कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो। यसदिन नेप्से ५.९१ अंकले घटेर २०५५.८८ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबार तुलनामा घटेको छ। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो

सुकुना माध्यमिक विद्यालयको भवनबाट खसेर एक छात्रा गम्भीर घाइते

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयको भवनबाट खसेर एक छात्रा गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार विद्यालयको तीन तलामाथिबाट खसेर बुधबार बिहान कक्षा १० मा अध्ययनरत १६ वर्षीया युनिका चौधरी घाइते भएकी हुन्। उनको घर सप्तरीको बोदेवरसाइन गाउँपालिका–३ हो। सुन्दरहरैँचा–१२ का भोला खतिवडाको घरमा डेरा बसेर उनी सो विद्यालयमा अध्ययन गर्थिन्। प्रहरीले बिहान

ज्वालामाई आधारभुत विद्यालयका विद्यार्थीहरुमा भाइरल प्रकोप देखिएपछि विद्यालय नै बन्द

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी स्थित ज्वालामाई आधारभुत विद्यालयका विद्यार्थीहरुमा भाइरल प्रकोप देखिएपछि विद्यालय नै बन्द गरिएको छ। केही दिनदेखि विद्यार्थीहरुमा ज्वरो र रुघाखोकीको प्रकोप अत्याधिक रुपमा फैलिएपछि आज(बुधबार)बाट दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कृष्णबहादुर मगरले जानकारी दिए। उनका अनुसार विद्यालयका करिब ६० प्रतिशतभन्दा बढी विद्यार्थीमा ज्वरो, रुघाखोकी र वान्ताको प्रकोप देखिएको

बालाजु बाइसधारामा आगलागी

काठमाडौं। बालाजु बाइसधारामा आगलागी भएको छ। बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागाी भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले अन्नपूर्णलाई जानकारी दिएका छन्। प्रवक्ता मैनालीका अनुसार अहिले प्रहरी,दमकल र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। प्रहरीका अनुसार आगलागाीको कारण खुलेको छैन। क्षतिको विवरण आउन बाँकी छ।

देशभर आंशिकदेखि सामान्य वर्षा हुने

काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागले

अविरल वर्षाको कारण सुकुम्वासी बस्ती डुबान

भक्तपुर। मंगलबार राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिनुभएका बागमती प्रदेश खेलकुद विकास परिषद्का

डिभिजन वन कार्यालय मुगुका ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढथापा, सव-इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। यस्तै, अख्तियारले साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटका

न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा एक जना युवा मृत फेला परे

बिराटनगर। मोरङको बेलबारी नगरपालिका–३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा मंगलबार बिहान एक जना युवा मृत फेला परेका छन्। खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका अन्दाजी २७–२८ वर्षीय विशाल राई ओछ्यानमै मृत फेला परेका हुन्। राईको ठेगाना खुलेको छैन। मुखबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमा शव भेटिएको डीएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार मृतक सानैमा बेलबारी–३ का