Category: समाचार

राउटे समुदायको एक युवा आगोमा जलेर घाइते

दैलेख : दैलेखमा बसोबास गर्दै आएको राउटे समुदायको एक युवा आगोमा जलेर घाइते भएका छन्। राती सुतिरहेको बेलामा अगेनोमा बालेको आगो बल्यांकेटमा सल्किएर उनको शरीर समेत जलेको छ। राउटे बस्तीमा राउटे परियोजनामार्फत खटिएका शिक्षक लालबहादुर खत्रीका अनुसार अगेनो नजिक सुतेका ४० वर्षीय नारायण शाही आगोले जलेर गम्भीर घाइते भएका छन्। मंगलबार राति सुतेकै बेलामा ओढेको

आगलागी हुँदा दुई पसलमा क्षति पुगे

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३:४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४:१५ बजे नेपाल प्रहरी, दमकल

बौलाहा कुकुरले टोक्दा २५ जना घाइते

चितवन। बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन्। जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो। गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो। घरमा काम गरिरहेका र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो। गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू

तराईमा दिनभरि हुस्सु/कुहिरो लागेको र अझै केही दिन शीतलहर हुने

विराटनगर। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले पहाडी भू-भागमा आंशिक बदली भइ तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो देशको तीनवटा प्रदेशका हिमाली भूभागमा हिमपात हुने सम्भावना छ। महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

घरमा आगलागी हुँदा २ जनाको मृत्यु; २ जना घाइते

फिदिम : पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। आगलागीमा परी मेघबहादुर सहित २ जना घाइते  भएका छन्। मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आशासिंह थेबे (गुरुङ)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा बिजेन्द्र गुरुङ

मेलम्चीको पानी दोस्रो चरणमा सात सय ९६ किमी वितरण

काठमाडौं। मेलम्चीको पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ। बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए। बाँकी काम पनि चालू

प्रहरी कार्यालयबाट जबरजस्ती करणीका आरोपित भागे

स्याङ्जा। प्रहरी कार्यालयबाट जबरजस्ती करणीका आरोपित भागेका छन्। सोमबार साँझ २४ वर्षीय रमेश क्षत्री वडा प्रहरी कार्यालय वालिङ्बाट भागेका हुन्। एक हप्ताअघि पक्राउ परेका उनी अनुसन्धानका क्रममा वालिङ् प्रहरी हिरासतमा थिए। जबरजस्ती करणीको आरोपमा वालिङ् प्रहरी हिरासमा रहेका उनलाई म्याद थपका लागि जिल्ला अदालत ल्याएर वालिङ् स्थित कार्यालयको हिरासत कक्षमा लाने बेलामा पर्खाल नाघेर फरार

मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु

विराटनगर। मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ स्थित साथी अनोज चौधरीको घरमा पाहुना आएका युवकको सोमबार राती मृत्यु भएको हो। विराटनगर–१३ का २१ वर्षीय शौरव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो ।

स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु

काठमाडौं : काठमाडौंको तार्केश्वर नगरपालिका-७ मा गएराति स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका-७ का ३८ वर्षीय पशुपति ढंगोल रहेका छन्। गएराति पौने ३ बजे चिमल सडक खण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर पोलमा ठोकिँएको थियो। दुर्घनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा

झापाको बुधबारे बजारबाट ३ जना बेवारिसे बालकहरुको उद्दार

झापा। झापाको बुद्धशान्ति गाउँपालिका- ३ बुधबारे बजारबाट प्रहरीले ३ जना बेवारिसे बालकहरुको उद्दार गरिएको छ । आज दिउँसो बुधवारे बजारमा ३ जना बालकहरु बेवारीसे अवस्थामा रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ बर्षीय एन्जल लिम्बु, ११ बर्षीय सुशील लिम्बु र १० बर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उनिहरुलाई उद्दार गरेको