Category: अन्तर्राष्ट्रिय

इन्डोनेसियाको सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प, २९ घाइते

विराटनगर । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तस्थित पोसो रिजेन्सीमा आइतबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको छ । शक्तिशाली भूकम्पबाट कम्तीमा २९ जना घाइते भएको इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (BNPB) ले जनाएको छ । मौसम विज्ञान, जलवायु विज्ञान तथा भूभौतिकी निकाय (BMKG) का अनुसार स्थानीय समयानुसार बिहान ५ः३८ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु पोसो

गाजामा इजरायली हमलामा चार पत्रकारको मृत्यु

विराटनगर । गाजा सहरको अल–शिफा अस्पताल नजिक भएको इजरायली आक्रमणमा चार जना पत्रकारको मृत्यु भएको छ। अलजजिराका अनुसार अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला उक्त स्थानलाई लक्षित गरेर गरिएको हमलामा उनीहरू मारिएका हुन्। मारिने पत्रकारहरूमा रिपोर्टर अनस अल–शरीफ, मोहम्मद क्रेइकेह तथा क्यामेराम्यान इब्राहिम जाहेर र मोहम्मद नोउफल रहेका छन्। दुई हप्ताअघि अलजजिराले

अमेरिकाको लस एन्जलसमा तालिम केन्द्रमा विस्फोट, तीन प्रहरी अधिकारीको मृत्यु

विराटनगर। लस एन्जलसस्थित काउन्टी शेरिफ विभागको तालिम केन्द्रमा भएको एक शक्तिशाली विस्फोटमा परी तीन जना प्रहरी अधिकारीको मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । विस्फोट शुक्रबार बिहान ७:३० बजे (स्थानीय समय) मा भएको हो । घटनाको कारण हालसम्म स्पष्ट नहुँदा समेत अनुसन्धान कार्य तीव्र पारिएको छ । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जाल एक्स

पाकिस्तानमा भीषण वर्षाले २४ घन्टामै ६३ को ज्यान गयो, आपतकाल घोषणा

विराटनगर। पाकिस्तानमा लगातार परेको भीषण वर्षाले जनजीवन प्रभावित बनाइरहेका बेला पछिल्ला २४ घण्टामा मात्र ६३ जनाको मृत्यु भएको छ। पञ्जाब प्रान्तमा बुधबार बिहानदेखि परेको अविरल वर्षापछि आएको बाढी र भूस्खलनका घटनामा ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA) ले जनाएको छ। प्राधिकरणका अनुसार अधिकांश मृत्युहरू घर भत्किँदा थिचिएर भएका हुन् भने केही

इजरायली ड्रोन आक्रमणले लेबनानमा एकको मृत्यु, तीन घाइते

विराटनगर । लेबनानको राजधानी बेरुतको दक्षिणस्थित खाल्देह राजमार्गमा इजरायली ड्रोन आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। लेबनानको राष्ट्रिय समाचार एजेन्सीले दिएको जानकारी अनुसार उक्त आक्रमणले राजमार्ग क्षेत्रमा ठूलो क्षति पु‍र्‍याएको छ। आक्रमण बेरुत अन्तर्राष्ट्रिय विमानस्थलबाट केही किलोमिटर टाढा भएको हो। यसले राजमार्गमा भारी ट्राफिक जामको अवस्था सिर्जना गराएको

श्रीलंकाको रोकियो स्थानीय चुनाव

कोलम्बो (सिन्ह्वा)। श्रीलंकाको निर्वाचन आयोगले गत वर्ष संसद्बाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तह निर्वाचन अनिश्चितकालका लागि स्थगन गरेको छ। मार्च ९ मा हुने घोषणा गरिएको चुनावलाई रनिल विक्रमासिंघेले जुलाईमा पदभार ग्रहण गरेयताको पहिलो चुनावी परीक्षा हुने मानिएको थियो। यसलाई धेरैले अन्तर्राष्ट्रिय मुद्रा कोषको कर्जा सम्झौता सुरक्षित गर्ने क्रममा उनले

भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगे

अंकारा। टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। दक्षिणी सहर एन्टाक्यालाई केन्द्रविन्दु बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो । भूकम्पको धक्का सिरिया,लेबनान र इजिप्टमा पनि महशुस गरिएको थियो । टर्कीको प्रकोप तथा आपतकालीन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८.४४ मा भूकम्प गएको जनाएको छ । भूकम्प

बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु

वासिङटन डिसी। आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ । सोमबार टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार

टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

विराटनगर। टर्कीमा शक्तिशाली भूकम्प गएको छ। सोमबार बिहान ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ। दक्षिणपूर्वी टर्कीको गाजियान्टापमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको १७.९ किलोमिटर गहिराइको रहेको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ। भूकम्पको पूर्ण क्षतिको विवरण आउन बाँकी छ।

आगलागीमा परी कम्तिमा १४ जनाको मृत्यु

नयाँ दिल्ली। भारतको झारखण्डस्थित आशिर्वाद टावरमा मंगलबार साँझ भीषण आगलागी भएको छ। उक्त आगलागीमा परी कम्तिमा १४ जनाको मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ। यद्यपि, त्यहाँका सञ्चार माध्यमले फरक फरक तथ्यांक उल्लेख गरेका छन्। अहिलेसम्म ६ वटा शव निकाली सकिएको छ। विवाहको समयमा ग्यास सिलिन्डर बिष्फोट भएर आगलागी भएको हो। त्यहाँ केही मानिस फसेका