Category: स्वास्थ्य

दाङमा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

बिराटनगर । दाङको गढवा गाउँपालिका–४, अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादवको बिहीबार मृत्यु भएको हो। राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत बालिकालाई औषधि

विराटनगरमा बालबालिकालाई स्वर्णबिन्दु खुवाइने

विराटनगर । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले विराटनगरका बालबालिकालाई स्वर्णबिन्दु खुवाइने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले आगामी कात्तिक २५ गते १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु खुवाउने कार्यक्रम तय गरेको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले विराटनगरका करिब १ हजार बालबालिकालाई लक्षित गरी स्वर्णबिन्दु

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (2.0)” हुँदै

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट नर्सिङ होम र विराट मेडिकल सेमुलेसन फाउन्डेसनको संयुक्त आयोजनामा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (E3C)2.0″ हुने भएको छ। इटहरीको सोल्टी होटलमा कात्तिक २१ र २२ गते आयोजना हुने उक्त कन्क्लेभको औपचारिक उद्घाटन कात्तिक २१ गते बेलुका विराटनगरको ड्रिम गार्डेनमा हुनेछ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलका

विराट मेडिकलमा हजार नर्स भर्ना गर्दा १० जनाले मात्र सम्झौता गरे, पुराना नर्सहरू भने सन्तुष्ट

विराटनगर। मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब

पाँच महिनामै पारस हस्पिटलबाट विपन्न बिरामीलाई १ करोडभन्दा बढी छुट

विराटनगर । पारस हस्पिटलले चालु आर्थिक वर्षको पाँच महिनाभित्रै विपन्न बिरामीलाई उपचारमा १ करोड ११ लाख ६५ हजार रुपैयाँभन्दा बढी छुट दिएको छ। चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा प्रगति प्रस्तुतिकरण कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले यो तथ्याङ्क सार्वजनिक गर्नुभयो। उहाँले विगत आर्थिक वर्षमा मात्रै करिब २ करोड १० लाख रुपैयाँ बराबरको छुट

गोल्डेन हस्पिटलको नयाँ पहल: सबै शल्यक्रियामा ५० प्रतिशतसम्म छुट, गरिब बिरामीलाई राहत

विराटनगर। विराटनगरस्थित गोल्डेन हस्पिटलले सबै किसिमका रोगको शल्यक्रियामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था लागू गर्दै, निजी क्षेत्रको अस्पतालमध्ये पहिलोपटक यस्तो सुविधा प्रदान गरेको छ। यस कदमले विशेषगरी आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुँदै आएका निम्न आयस्तरका बिरामीलाई ठूलो राहत मिलेको छ। गोल्डेन हस्पिटलले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा हस्पिटलका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले अस्पतालले

बच्चाको दाँतलाई किरा‌ लाग्नु बाट कसरी जोगाउने??

विराटनगर/आजभोलि दाँतमा किरा लाग्ने समस्या सामान्य भइसकेको छ। यसलाई दन्त चिकित्सकहरू क्याभिटी भनेर पनि चिन्छन्। हामीले दैनिक खानेकुरा खाएपछि राम्रोसँग मुख सफा नगर्दा दाँतमा किरा लाग्ने समस्या बढ्छ। यो समस्या विशेष गरी बच्चाहरूमा बढी देखिन्छ। किनकि बच्चाहरूले मिठाई, चकलेट जस्ता चिपचिपा खानेकुरा बढी खाने गर्छन् जसले दाँतमा किरा लाग्नलाई प्रोत्साहित गर्छ दन्त रोग विषेशज्ञ डा.

मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विध्यार्थीद्वरा ४ प्रकारका अौषधी उत्पादन

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी पढ्ने विद्यार्थीहरुले चार प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरेका छन् । उत्पादित औषधिहरुको नाम ‘मनमोहन ओखती’ राखिएको छ । विश्वविद्यालयको स्कुल अफ मेडिसिनतर्फ औषधि विज्ञानमा स्नातक अध्यनरत विद्यार्थीहरुको समूहले आफ्नै प्रदेशको जडिबुटी अनुसन्धान गरेर चार प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरेका हुन् । भारतको पतञ्जली आर्युवेद प्रतिष्ठानबाट अनुसन्धानमा

७ जनामा औलो संक्रमण पुष्टि

विराटनगर । चितवन जिल्लामा चालु आर्थिक वर्षमा ७ जनामा औलो (मलेरिया) रोगको संक्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार औलो संक्रमणको आशंकामा परीक्षण गरिएका ७ हजार ९८९ जनामध्ये ७ जनामा संक्रमण देखिएको हो। भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार औलो संक्रमण देखिएका सबै व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएका हुन्। गत आर्थिक वर्षमा जिल्लामा १०

नेपालमा पुनः कोरोना संक्रमण देखिँदै, काभ्रेका व्यक्तिमा पुष्टि

विराटनगर/ नेपालमा फेरि एकपटक कोरोना भाइरसको संक्रमण देखिन थालेको छ। पछिल्लो २४ घण्टामा काभ्रे जिल्लाका केही व्यक्तिमा संक्रमण पुष्टि भएको छ। धुलिखेलमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। यद्यपि यो संक्रमण पुरानो भेरियन्टको हो वा नयाँ, भन्ने विषयमा