विराटनगर । मोरङ प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगंज वडा नं. २५ निवासी २५ वर्षीय बिपुल बर्मा रहेका छन्। प्रहरीका अनुसार २०८२ चैत ६ गते अपराह्न करिब ४ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो
बिराटनगर। मोरङ प्रहरीले भन्सार छली गरेर ल्याइएका अवैध लत्ताकपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिति २०८२ चैत ३ गते दिउँसो करिब १:३० बजे विराटनगर महानगरपालिका–६ सरोचिया स्थित मुरी मण्डलको घरको आँगनमा अवैध रुपमा भन्सार छली गरी ल्याइएका कपडा लुकाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरीले उक्त स्थानमा पुगेर
विराटनगर। विराटनगर महानगरपालिका वडा नं. ९, घोघापुलस्थित क्षेत्रमा वेवारिसे अवस्थामा ठूलो परिमाणमा चश्मा बरामद गरिएको छ। आज अपराह्न करिब ४:५० बजे विराटनगर महानगरपालिका–९, घोघापुलबाट १४ ओटा पोकामा राखिएको अन्दाजी मूल्य रु. ५,४१,००० बराबरको ५,४१० थान चश्मा फेला परेको हो। CRV घोघापुलबाट खटिएको प्रहरी टोलीले उक्त चश्माहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। बरामद
विराटनगर । प्रहरीले विराटनगरको रानी क्षेत्रबाट स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका–६ निवासी ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन्। आइतबार पुस १३ गते बिहान करिब ११:३० बजे इलाका प्रहरी कार्यालय रानी तथा रानी (सीमा)बाट प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ
बिराटनगर । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। प्रहरीले पर्सा जिल्लामा गरिएको कारबाहीका क्रममा १७६ किलोग्राम गाँजा फेला पारेको हो। गाँजा बोकेको एक गाडी सहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यसबारे आज अपराह्न ३ बजेपछि पत्रकार
बिराटनगर / बिराटनगर भन्सार कार्यालयमा अवैध कारोबारको ‘सेटिङ’ गर्ने एक युवक वर्षौंदेखि सक्रिय रहेको खुलेको छ। भारतीय सवारीसाधनको भन्सार काट्ने बिचौलियाको रूपमा काम गर्दै आएका उक्त युवकले सीमामा हुने हरेक गतिविधिमा नजर राखी आर्थिक लाभका लागि अवैध रूपमा सामान ओसारपोसार गर्ने कार्यमा संलग्न रहेको पाइएको हो। बिराटनगर भन्सार कार्यालयको यात्रु शाखामा दिनभरि देखिने उक्त युवकले
विराटनगर । रौतहट प्रहरीले लागू औषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१६ तामाङटोलका २७ वर्षीय बुद्धसिंह वाइवा र हरिवन नगरपालिका–३ श्रीपुरका २४ वर्षीय शरिन योञ्जन रहेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा रहेको ट्राफिक चेकपोइन्टमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पश्चिमबाट पूर्वतर्फ आउँदै
बिराटनगर । प्रहरीले काठमाडौं महानगरपालिका–१२, टेकु ह्युमतबाट अवैध लागुऔषध ‘ब्राउनसुगर’ जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा टेकु ह्युमतका १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन्। उनीहरूको साथबाट करिब ९२० मिलिग्राम लागुऔषध, नगद रु ३२ हजार, र पाँच थान मोबाइल फोन बरामद गरिएको छ। थप अनुसन्धानका
बिराटनगर ।सुनसरीको बर्जु गाउँपालिका–५ स्थित भित्री सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको संयुक्त टोलीले कार्तिक २१ गते राति करिब ८ बजे बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडी चेकजाँच गर्ने क्रममा २ सय ५७ किलो ४५ ग्राम गाँजा फेला पारेको
पवन साह बिराटनगर / ईलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङको जहदा गाउँपालिकामा प्रहरीले एम्बुलेन्समा लुकाइछिपाई लैजाँदै गरेको ३३ किलो बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा कारबाही गर्दै प्रहरीले बुधबार राति १० बजे जहदा गाउँपालिका–३ हातिबन्दामा नेपाल रेडक्रस सोसाइटीको नाममा दर्ता भएको स१च ६५६ नम्बरको एम्बुलेन्स रोकी चेकजाँच गरेको थियो। जिल्ला प्रहरी