Category: समाचार

सुनसरीमा लगातारको वर्षाले बाढीपहिरोको जोखिम, एक हजारभन्दा बढी घर डुबानमा

सुनसरी । लगातारको वर्षाका कारण सुनसरी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ। बाढीका कारण आज करिब १,०३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार वर्षाका कारण खोलानाला बढेपछि जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका बस्तीहरूमा बाढी पसेको हो। डुबानमा परेका अधिकांश घरका बासिन्दा अस्थायी रूपमा सुरक्षित स्थानमा

हरिपुरको केराबारीबाट ५३७ किलो गाँजा बरामद, एक जना पक्राउ

सुनसरी।सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित केराबारीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आइतबार राति १२ बजे तिर विशेष सूचनाको आधारमा गरिएको संयुक्त कारबाहीमा ५३७.१४० किलो गाँजा बरामद भएको हो। इलाका प्रहरी कार्यालय भण्टाबारीका प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीको टोली र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा

आश्विन शुक्ल अष्टमीमा ‘महागौरी देवी’को पूजाआराधना

विराटनगर । बडादसैं एवं नवरात्रको नवौँ दिन आज नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिनमै पूजा हुने भए पनि

देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले सबै प्रदेशमा साधारणतया वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा तराईका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

सुनसरी–मोरङमा विशेष अभियान : ठूलो परिमाणमा लागुऔषध बरामद, दुई पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीले सुनसरी र मोरङ जिल्लामा सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ भने दुई जनालाई पक्राउ गरिएको छ। सुनसरीको धरान–४ मा विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन

आज फूलपाती भित्राइँदै, दशैंको रौनक बढ्दै

विराटनगर। बडादशैंको सातौं दिन आज घर–घरमा फूलपाती भित्राइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले फूलपाती भित्राउन विशेष साइत आवश्यक नपर्ने जनाएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन नवपत्रिका (फूलपाती) दुर्गा भवानीको आराधनाका लागि पूजाघरमा भित्र्याउने परम्परा छ । यस अन्तर्गत उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षलाई

पाँच महिनामै पारस हस्पिटलबाट विपन्न बिरामीलाई १ करोडभन्दा बढी छुट

विराटनगर । पारस हस्पिटलले चालु आर्थिक वर्षको पाँच महिनाभित्रै विपन्न बिरामीलाई उपचारमा १ करोड ११ लाख ६५ हजार रुपैयाँभन्दा बढी छुट दिएको छ। चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा प्रगति प्रस्तुतिकरण कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले यो तथ्याङ्क सार्वजनिक गर्नुभयो। उहाँले विगत आर्थिक वर्षमा मात्रै करिब २ करोड १० लाख रुपैयाँ बराबरको छुट

नवरात्रको छैटौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजाआराधना

विराटनगर । नवरात्रको छैटौँ दिन आज देशभर स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गरिने भए पनि यस वर्ष चतुर्थी तिथि वृद्धि भई छैटौँ दिन पूजाआराधना गरिएको हो। पौराणिक कथाअनुसार स्कन्दमाता पार्वतीको रुप मानिन्छिन्। ऋषि सनतकुमारसँग जोडिएको प्रसंगका कारण पार्वतीलाई ‘स्कन्दमाता’ नामले पुकारिएको उल्लेख छ। स्कन्दमाताको प्रतिमामा देवी सिंहासनमा

आजको राशिफल

मेष । योग्यताले शत्रहरू पराजित हुनेछन्। परिवारको सहयोग नमिल्नाले मनोबलमा कमी आउनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ। वृष । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आर्थिक पक्षलाई सबल बनाउनको लागि नयाँ बाटोहरू खुल्नेछन्। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक

जोगवनी सीमा नाकामा दुई समुदायबीच तनाव, दुई घण्टा आवागमन बन्द

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा दुई समुदायबीच उत्पन्न तनावका कारण सीमा नाका करिब दुई घण्टा बन्द गरिएको छ। भारततर्फको विवादका कारण नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै सीमा अस्थायी रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपीला चुँडालले जानकारी दिइन्। उनले भनिन्, “भारततर्फ तनाव भएपछि जोगवनीमा किनमेल गर्न जाने नेपालीको सुरक्षाका लागि दुई घण्टा