Category: समाचार

आज देशका तीनवटा प्रदेशमा वर्षा हुने

विराटनगर।आज शनिबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। शनिबार रातको समयमा देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम

श्रीमतीको हत्या अभियोगमा श्रीमानलाई जन्मकैद

राजविराज। श्रीमतीको हत्या अभियोगमा श्रीमानलाई जन्मकैद सजाय गरेको छ। राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्मकैद सजाय गरेको हो। जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको छ। राजबिराज नगरपालिका–१ रामपुर टोल घर भई सोही

गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

वीरगन्ज। बारामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो। महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल सवारमा दुई अपरिचित व्यक्तिले गोली हानेर भागेका थिए। उनको कोखामा एक राउन्ड गोली लागेको थियो। बाराको

आदर्श सामुदायिक वनमा हात्ती मृत फेला परे

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका- २ स्थित आदर्श सामुदायिक वनमा हात्ती मृत फेला परेको छ । हप्तादिनदेखि बराहक्षेत्र नगरपालिकाको जङ्गलमा २२ वटा हात्ती घुमिरहेका छन् । सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत हात्ती हेर्नेको भीड लागेको छ । जङ्गलमा हात्तीको संख्या धेरै भएकाले यस क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी

बेरोजगार युवायुवतीको लागि रोजगार मेला भोलि देखि सुरु हुने

विराटनगर। सुनसरिको दुहबी नगरपालिकामा २ दिने बृति परामर्श, उद्यम तथा रोजगार मेला सुरु हुने भएको छ । दुहबी नगरपालिकाको आयोजनामा आगामी पौष ८ र ९ गतेका दिन सरस्वती मा बिको खेल मैदानमा सुरु हुने भएको हो। बृति परामर्श, उद्यम तथा रोजगार मेलाको उध्घाटन प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राइले गर्ने भएका छन्। प्राबिधिक सहयोग

जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु

विराटनगर। झापाको कचनकवल गाउपालिका-१ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । हिजो अपरान्ह बाह्रदशी गाउपालिका-१ का ३७ बर्षीय जगत भुजेल घाँस काट्न भनि चार कोशे सामुदायिक वन गएकोमा घाँस काटेर घर फर्केने क्रममा जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको हो । मृतक लासलाई पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अ-शान्ती

विराटनगर । वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ ।

एयरपोर्ट रोडलाई नमुना सडक बनाउने महानगरको उद्देश्य : बिशेष सरसफाई

विराटनगर । विराटनगर महागरपालिकाले एयरपोर्ट रोड सरसफाई गरिएको छ। विराटनगर-४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाई गरिएको हो । फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जानकारी दिए ।

पाल्पामा घडेरी खन्नेक्रममा ठूलो संख्यामा तोपका गोला फेला परे

पाल्पा। पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बाइसे चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार

कैलालीमा दिनदहाडै गोली चल्यो

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टाेली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गाेली चलेकाे हाे । गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी-९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए । गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला