तनहुँ। जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुवेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी दुई जनाको मत्यु भएको छ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।मृत्यु हुनेमा पाल्पाको निस्ती गाउँपालिका-५ घर भइ हाल कोत्रेमा बंगुर फार्ममा काम गर्दै २२ वर्षका चित्रबहादुर
विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरस्थित एउटा घरमा बुधबार राति आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ। काठ र इँटा प्रयोग गरेर बनाइएको तथा टिनको छानो भएको बालकृष्ण गिरीको दुई तले घरमा राति ११ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगलागीमा परेर घरभित्र सुतिरहेका सुन्दरहरैँचा–११ का ३८ वर्षीय
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेको जलेश्वर शिव मन्दिरमा श्रावण महोत्सव कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका २ अकाहा बजार स्थिति रहेको शिव मन्दिरमा सोमबार महोत्सव सम्पन्न भएको हो। प्रत्येक बर्षको श्रावण महिनामा जलेश्वर शिव मन्दिरमा भोक्राहा नरसिंहका स्थानीय बासिहरुले राजा बास घाट बाट जल भरी मन्दिरमा अर्पण गर्ने गरि यसपालिको श्रावणमा जल
विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रदेश नं १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रथयात्रा यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथयात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा
बिराटनगर। सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँ घटेर प्रतितोला सुनको मूल्य ९६ हजार २ सय कायम भएको हो। अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुन आज पाँच सयले घटेको हो । तेजावी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको
बिराटनग। सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान प्रतिबन्ध लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार ग्यास सिलिण्डर लैजान रोकिएको हो । आर्थिक वर्ष २०७९ । ८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।सिंहदरबारमा मन्त्रालयहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । ग्यास
बिराटनगर। नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाइने बताएको छ । मंगलबार मात्र भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि अझै ऋणको दायित्व रहेकाले हाललाई मूल्य यथावत् नै राख्ने निर्णय भएको निगमको भनाइ छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी
स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माध्यमिक तहका विद्यार्थीलाई लागूऔषध र साइबर अपराध सम्बन्धी प्रशिक्षण दिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पुतलीबजार नगरपालिका-३ स्थित काजीमान हरिटीका माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरेको हो।कक्षा ९ देखि १२ सम्मका छात्राछात्रालाई लागूऔषध दुर्व्यसन, साइबर अपराध नियन्त्रणका विषयमा प्रशिक्षण दिइएको प्रधानाध्यापक ओमप्रकाश शर्माले जानकारी दिए। वरिष्ठ प्रहरी सहायक निरीक्षक ख्यामबहादुर क्षेत्रीले
झापा। ट्रकको ठक्करबाट घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-४ निवासी ६८ वर्षीय राम जुलुम नायक रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार साउन २७ गते बिहान ९ बजेर ४० मिनेटमा पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक-४ स्थित चिया दोकान नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको
विराटनगर। प्रदेश नम्बर १ मा पर्ने मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै गएको छ। विविध कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दै गएको हो। वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले विदेश जाने बढेपछि नेपाली नागरिकता परित्याग गर्ने बढ्दै गएका कार्यालयले जनाएको छ। प्रशासनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ११