Category: समाचार

चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ। आक्रमणबाट ११ वर्षीया बीना चेपाङको मृत्यु भएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। घरबाट सानीआमाको घर जाँदै गर्दा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। शुक्रबार बिहान ६:३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए। चितुवाले बालिकाको घाँटीमा

कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु

विराटनगर। विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए। उनका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ ५ बजेतिर

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ मा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो प्रदेश २-०२-०३-००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला-५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय पासाङ शेर्पा, उनैका भाई २४ बर्षीय फुर्वा शेर्पा, १७ बर्षीया लाकी

वृद्धभत्ता बुझेर घर फर्कने क्रममा एक वृद्धको मृत्यु

अर्घाखाँच। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका १ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । धारापानी स्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भीरबाट लडेर गमालको मृत्यु भएको हो। गमाल बाटोदेखि झन्डै

महानगर प्रहरी प्रमुख पौडेलको घर अगाडी बाटो गुणस्तर हिन

विराटनगर। विराटनगर वडा नम्बर ११ मा रहेको छिमेकी मार्गको नाला भत्की भत्किएको छ। करिब ६ महिना अगाडी निर्माण गरेको नाला कालो पत्र गर्नु भन्दा अगाडी नै भत्किएको हो। पंचमुखी देख पन्श्चिम तर्फ जाने छिमेकी मार्ग विराटनगर महानगर प्रहरी प्रमुख राजन पौडेलको घर अगाडी बनेको नाला करिब २५ मिटर भत्किएको छ। नाला बनाएको ६ महिना पनि

मोरङ जिल्लामा रगतको अध्याधिक कमिका कारण

अकालमा हुने नागरिकको मृत्युलाईलाई बचाउन आज यहाँ खुल्ला रक्त्तदान कार्यक्रमको आयोजना गरिएको छ । सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड कार्यालय विराटनगरले आफ्नो पाँचौ औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहाँ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । आफ्नो अफिस मुनी महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी , वीमा अभिकर्ता र सर्वसाधारण गरी ६० जनाले

प्रदेश १ सहित ३ प्रदेशमा मतपत्र ढुवानी सकियो ; बाँकी प्रदेशमा कात्तिक ३ गतेदेखि ढुवानी हुने

विराटनगर। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सकिएको छ । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको हो । यस पटक पहिलो हुने निर्वाचित हुने

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय

विराटनगर। मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ। मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना

प्रहरी दिवश २०७९ सम्पन्न

६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो । प्रहरी दिवशको अवसरमा बिबिध खेलकुद कार्यक्रम, स्वास्थ्य सिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना

उज्वल बहुउद्देश्यीय सहकारीद्वारा प्रथम वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

विराटनगर । उज्जवल बहुउद्देश्यीय सहकारी संस्थाले प्रथम वार्षिक उत्सबको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। प्रथम वर्ष पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरम एक कार्यक्रमको आयोजन गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। मोरङको कटहरी गाउँ पालिका वडा ४ सुदामा चोकमा उज्जवल बहुउद्देश्यीय सहकारी संस्थाले कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रमको प्रमुख अथिति नेकपा माओवादी केन्द्रका