वीरगन्ज। वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको छ। पर्साको धोबिनी गाँउपालिका- ३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगन्ज महानगरपालिका- ९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो। वीरगन्ज-२६ मा स्थानीय रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लाको छत प्लाष्टर गर्ने क्रममा छेउकै विद्युतको पोलको तारमा छोइएर करेन्ट लाग्दा अन्सारीको मृत्यु
स्याङ्जा। वालिङमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका ८ बोगटीडाँडाका ४२ वर्षीय तीलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो । सर्पले डसेपछि अस्पताल ल्याएका उनलाई रिफर गरिएको र थप उपचारका लागि लैजाने तयारी हुँदै गर्दा बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। सर्प करेत प्रजातिसँग मिल्दोजुल्दो
विराटनगर। मोरङको कटहरी गाउँपालिका-७ लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्र्याक्टरमा बालुवा लिई फर्कने क्रममा ईन्जिनको भाग माथी तर्फ ऊठेर चालकलाई किच्दा घाईते भएका चालक स्थानीय ३२ बर्षीय बरुण सरदारको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर । २० असोज, विराटनगर १२ स्थित पाञ्चाली नहरमा प्रदेश सभा निर्वाचनका प्रत्याशी उम्मेदवार तथा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा दुर्गा पूजा सम्पन्न भएको छ । यस स्थानमा पहिलो पटक दुर्गा माताको प्रतिमा स्थापना गरी दुर्गा पुजाको आयोजना गरिएको यस नव दुर्गा पूजा समारोह समितिका अध्यक्ष राजकुमार रामले बताएका छन् ।
विराटनगर। मङ्सिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको संशोधित बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज १२ बजेभित्र नाम फिर्ता लिन पाउने छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको छ। उम्मेदवारको बन्दसूचीबाट फिर्ता
सन्धिखर्क। अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको डम्मरु दहमा डुबेर एक जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका-३ ठाडामा रहेको डम्मरु दहमा डुबेर स्थानीय ३७ वर्षीय खिमबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए। बिहान करिब ८ बजेतिर दहमा हाम फालेको देखेपछि नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको टोली र स्थानीयले पानीमुनि हिलोमा
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाली सेनाद्वारा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष ‘फूलपाती बढाइँ समारोह-२०७९’ सम्पन्न गरिएको छ। फूलपाती बढाइँ समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरेको थियो। हिन्दू नेपालीहरुको महान पर्व बडादसैंको सप्तमी तिथि (फूलपाती)को दिन आयोजना हुने उक्त समारोहमा नेपाली सेनाद्वारा प्रस्तुत परेड, राइफलबाट लहरे र एकठ्ठा
विराटनगर। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी पुस ८ र ९ गते सुर्खेतमा हुने भएको छ। महासंघ सुर्खेत शाखाले आज आयोजना गरेको विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा केन्द्रीय साधारणसभाबारे गरिएको छलफलमा उक्त मिति तय गरिएको हो। महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले नगरकोट बैठकबाट आगामी साधारणसभा सुर्खेतमा गर्ने निर्णय भएको जानकारी दिए। कार्यक्रमका
खोटाङ। हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो। बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट
मोरङको उर्लाबारी नगरपालिका(१ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका(२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन । हि जो अपरान्ह ३ बजे आसिस समि नारायण साह जे।बी। कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।