Category: समाचार

ऋषी पञ्चमीको अवसरमा वृद्धवृद्धालाई जलपान

विराटनगर। आसन्न ऋषी पञ्चमीको अवसरमा श्री गुरु कविर साहेव स्थान विराटनगरले आश्रमका वृद्धवृदालाई जलपान गराएको छ । शनिवार विराटनगर ८ अशोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रमका ६३ वृद्धवृद्धालाई साहेव स्थानले शनिवार जलपान गराएको हो । आश्रममै आयोजना गरिएको जलपान कार्यक्रममा वृद्धवृदाहरुलाई खिर, पुरी, तरकारी लगाएत मिठाईका विभिन्न परिकारहरु ग्रहणको लागी दिईएको थियो ।श्री गुरु कविर साहेव

कुशवाहा समाजले मनाए कुश जयन्ती

नेपाल कुशवाहा कल्याण समाज मोरङले २४ औं कुश जयन्ती समाहरो सम्पन्न गरेको छ। शनिवार विराटनगरमा विभिन्न कार्यक्रम गरि २४ औं कुश जयन्ती समाहरो सम्पन्न गरेको हो। कुशवाहा नेपालको तराईमा बसोबास गर्ने जातजाति मध्ये दोस्रो धेरै संख्या भएको जति हो। दोस्रो धेरै संख्या भएको जाति भए ता पनि विभिन्न थर जस्तै (मेहता ,महतो ,सिंह ,पटेल ,कोइरी

कुशवाहा समाजको भवन निर्माण गर्न आर्थिक सहयोगका लागि महानगरको ढोका जहिले र जति खेर पनि खुल्ला रहने : मेयर कोइराला

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कुशवाहा समाजको भवन निर्वाणमा आर्थिक सहयोग गर्ने बताएको छ।शनिवार विराटनगरमा नेपाल कुशवाहा कल्याण समाज मोरङ द्वारा आयोजित २४ औं कुश जयन्ती समाहरोलाई सम्बोधन गर्दै कोइरालाले आर्थिक सहयोग गर्ने बताएको हो। कुशे जयन्ती कुशवाहा समाजको कार्यक्रममा पहिलो चोटी सहभागी भएको मेयर कोइरालाले आज सम्म जुन कुशे औँसी बुवाको मुख हेर्ने

देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले ताला लगाए

काठमाडौ। देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले ताला लगाएको छ । सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । परिषद्का महासचिव शान्तिनाथ योगीले उपत्यकाको विद्यालयमा तालाबन्दी गर्न ४१ सदस्यीय समिति गठन भएको जानकारी दिए । भदौ १ देखि विद्यालयका कर्मचारी आन्दोलित छन् । परिषद‍्ले विद्यालय कर्मचारीहरू (विद्यालय सहायक, लेखापाल र विद्यालय सहयोगी)

प्रदेश १ सहित देशका विभिन्न स्थानमा चट्याङसहित भारी वर्षा हुने

विराटनगर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीका कारण हाल लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेशका थोरै स्थानका साथै प्रदेश १ र कर्णाली प्रदेशका

नेकपा (एस) मोरङले विभिन्न कार्यक्रम गरि पुनर्गठन वार्षिक उत्सव मनाए

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा (एस) मोरङले पुनर्गठन वार्षिक उत्सव मनाएको छ। विहिबार विराटनगरमा रक्तदान एवं दिप प्रजुलन गरि वार्षिक उत्सव मनाएको हो। २००६ साल देखि नेपाल कम्युनिष्ट पार्टी गठित पुनर्गठित हुदै आएको छ। पार्टी गठित पुनर्गठित हुने गरेको सर्व बित्दै जादा भदौ ९ गते नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा (एस) मोरङले रक्तदान

विराटनगर महानगरले १ अर्ब ६३ करोड बेरुजु रहेको आर्थिक श्वेतपत्र जारी

विराटनगर। विराटनगर महानगरले १ अर्ब ६३ करोड बेरुजु रहेको आर्थिक श्वेतपत्र जारी गरेको छ। बिहीबार महानगरले पछिल्लो पाँच वर्षको श्वेतपत्र सार्वजनिक गरेको हो। श्वेतपत्रमा आर्थिक अनुशासनतर्फ २०७४/७५ मा ६१ करोड ८९ लाख रहेको महानगरको बेरुजु २०७७/७८ सम्म आइपुग्दा बढेर १ अर्ब ६३ करोड पुगेको उल्लेख छ । महानगरको दूरदृष्टिसहित आवधिक तथा क्षेत्रगत योजनाको अभावमा जथाभावी स्रोत

प्रहरी जवान आधारभुत तालिम १३९ औ समुहको दिक्षान्त समारोह सम्पन्न

विराटनगर। एक नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३९ औ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औ समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको

अनधिकृतरुपाम राखेका पसललगायत संरचना तत्काल हटाउन पुन: निर्देशन दिए

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनधिकृतरुपाम राखेका पसललगायत संरचना तत्काल हटाउन पुन: निर्देशन दिएका छन्। मेयर साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार क्षेत्रमा पुगेर अनधिकृतरुपमा राखेका पसललगायतका संरचना तत्काल हटाउन पुन: निर्देशन दिएका हुन्। नक्सापासमा रहेको मापदण्ड विपरीतको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार विभिन्न स्थानमा पुगेर अनाधिकृत संरचना हटाउन पुन: निर्देशन दिएको हो ।