Category: समाचार

सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान प्रतिबन्ध

बिराटनग। सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान प्रतिबन्ध लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार ग्यास सिलिण्डर लैजान रोकिएको हो । आर्थिक वर्ष २०७९ । ८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।सिंहदरबारमा मन्त्रालयहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । ग्यास

नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाइने

बिराटनगर। नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाइने बताएको छ । मंगलबार मात्र भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि अझै ऋणको दायित्व रहेकाले हाललाई मूल्य यथावत् नै राख्ने निर्णय भएको निगमको भनाइ छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी

माध्यमिक तहका विद्यार्थीलाई लागूऔषध र साइबर अपराध सम्बन्धी प्रशिक्षण

स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माध्यमिक तहका विद्यार्थीलाई लागूऔषध र साइबर अपराध सम्बन्धी प्रशिक्षण दिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पुतलीबजार नगरपालिका-३ स्थित काजीमान हरिटीका माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरेको हो।कक्षा ९ देखि १२ सम्मका छात्राछात्रालाई लागूऔषध दुर्व्यसन, साइबर अपराध नियन्त्रणका विषयमा प्रशिक्षण दिइएको प्रधानाध्यापक ओमप्रकाश शर्माले जानकारी दिए। वरिष्ठ प्रहरी सहायक निरीक्षक ख्यामबहादुर क्षेत्रीले

ट्रकको ठक्करबाट घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु

झापा। ट्रकको ठक्करबाट घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-४ निवासी ६८ वर्षीय राम जुलुम नायक रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार साउन २७ गते बिहान ९ बजेर ४० मिनेटमा पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक-४ स्थित चिया दोकान नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको

प्रदेश नम्बर १ मा पर्ने मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै

विराटनगर। प्रदेश नम्बर १ मा पर्ने मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै गएको छ। विविध कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दै गएको हो। वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले विदेश जाने बढेपछि नेपाली नागरिकता परित्याग गर्ने बढ्दै गएका कार्यालयले जनाएको छ। प्रशासनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ११

एकैदिन थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिराटनगर। एकैदिन थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५७३७ नमूना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३१५५ र एन्टिजेनबाट २५८२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२७ र एन्टिजेनबाट ४६१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप एक जनाको

विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरे

काठमाडौं । विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ । आइतबार साँझ साढे ७ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु चोक नजिक पुलबाट खोलामा हाम फालेका अपरिचित व्यक्तिको प्रहरीले उद्धार गरेको हो । करिब ४०/४५ वर्षीय पुरुषले खोलामा हाम फालेपछि तत्कालै घटनास्थल पुगेर प्रहरी टोलीले उद्धार गरेको हो ।ती व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

बिराटनगर। झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जनालाई पक्राउ परेका छन्। शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट र लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ परेका हुन्। शनिवार खटिएका प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे.१

गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित ३१ साउनसम्मका लागि बैठक स्थगित

काठमाडौंः गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि छलफल भएर निणयार्थ पेश गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि ३१ साउनसम्मका लागि बैठक स्थगित गरिएको हो। गणपुरक संख्या ६९ हुनुपर्नेमा ६७ पुगेकाले बैठक साउन ३१ गते मंगलबार बिहान ११ सम्मका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए।

महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अहिले सम्म भेटिएन : खोजी चलिरहेको

बैतडी। महाकाली नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका दुई किशोरीको खोजी चलिरहेको छ। बैतडीको दशरथचन्द नगरपालिका-८ साङडीका १५ वर्षीया कविता टमटा र १४ वर्षीया संगीता टमटा नुहाउने क्रममा वेपत्ता भएका थिए। दुवै किशोरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए। नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले नियमित खोजी