महोत्तरी। महोत्तरीको गौशालामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार बिहान गौशाला नगरपालिका -१ सुर्तिविकास चौकमा ना ४ ख ३३३१ नम्बरको ट्रकले ठक्कर दिँदा गौशाला नगरपालिका – ४ रजखोरका २८ वर्षीय हरदेव सहनीको मृत्यु भएको हो । मोटरसाइकल चालक सहनीले छोरा दिलीपलाई विद्यालय पुर्याउन जाँदा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बिराटनगर । सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका छन् । सप्तकोसी नदीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् । अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाँउबाट कोसी बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लाग्यो ।
बिराटनगर।प्रदेश एकको राजधानी बिराटनगर महानगर पालिका सामान्य वर्ष हुँदा नै डुवान हुन्छ। नालाहरु मापदण्ड अनुसार व्यवस्थित निर्माण नभएकोले पानीको निकास नहुँदा डुवानमा पर्दै आएको हो। बिराटनगर महानगर पालिका प्रदेश एकको राजधानी । एक नम्बर प्रदेशको एक मात्र महानगर भएकोले बिराटनगर महानगर पालिकाले गर्ने हरेक काममा सबैको चासो र चर्चाको विषय बन्ने गर्दछ । तर सामान्य
बिराटनगर । हिजो अस्तीको तुलनामा आज साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक-दुई दिन बढी पानी पर्ने छ । मौसमविद् बिनु महर्जनका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ । मनसुनी
झापा। झापामा साथीहरूसँग पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-१ निवासी १८ वर्षीय उज्ज्वल खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार गौरादह नगरपालिका-९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा मंगलबार दिउँसो २ बजे खरेल साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी
चतरा। उदयपुरको बेलका नगरपालिका-८ स्थित डुम्री बोटे (लाहुरे खोज) भन्ने स्थानबाट सप्तकोसी नदी बस्तीतिर पसेको छ।२ सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब चार बजे सप्तकोसी नदिको पानीले बाँध फुटाएर बस्तीमा प्रवेश गरेको हो। सप्तकोसीको बाढी रोक्न नगरपालिकाको तर्फबाट प्रयास भए पनि कोसीमा पानीको बहाव बढेसँगै आएको बाढीले नियन्त्रणको लागि निर्माण गरेको बाँधलाई
बिराटनगर। सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा मंगलबार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएको बताए।
बिराटनगर । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद्
बिराटनगर। सप्तरीको शम्भुनाथ नगरपालिका-५ मोहनपुरमा आज दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा ३२ प ४४८६ नम्बरको मोटरसाइकल र स ४ प ९९५० नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे आपसमा ठक्कर खाएका हुन्। दुर्घटनामा परी ९९५० नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ६ का ५२
बेनी। म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिए। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको