Category: समाचार

मेची कोशी साउण्ड सिस्टम व्यवसायी संघको अधिवेशन भदौमा हुने

बिराटनगर। मेची कोशी साउण्ड सिस्टम व्यवसायी संघको अधिवेशन भदौमा हुने भएको छ। कोरोना महामारीको कारण लामो समय देखि हुन नसकेको अधिवेशन भदौमा हुने भएको हो। यस संघमा मूल समिति लगायत “क” ,”ख “,”ग” र “घ” गरि चार वटा उप समिती रहेको छ। शनिवार बिराटनगरको कृष्ण होटलमा एक कार्यक्रमको आयोजन गरि अधिवेशन बारे छलफल सुरु गरेको

बजारमा महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको:सांसद शान्ता चौधरी

काठमाडौं। सांसद शान्ता चौधरीले बजारमा महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले अहिले बजार भाउ असाध्यै बढेको र बजार भाउ बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी हुन्। उनले भनिन्, ‘नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुन सक्छ। धनीले त किनेर

देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने

बिराटनगर । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा मेघ गर्जन/चट्याङ्गसहितआज भारी वर्षा हुने

काठमाडौं। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको उल्लेख छ । महाशाखाका अनुसार हाल प्रदेश १, बागमती र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम

मेलम्ची तटीय खोलामा आकस्मिक बाढीको चेतावनी

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १०

बैतडीमा एक पुरुष मृत फेला

बैतडी। बैतडीमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटका ३७ वर्षीय रघुबिर कुवँर सोही वडाको घङराड भन्ने स्थानमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुवँरको शव पोष्टमाटमको लागि स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। बिहीबार घरबाट किनमेलका लागि नजिकैको चौथाली बजार

सोलुखुम्बुमा महिलाका नाममा घर/जग्गा पास गराउनको संख्या घटे

सोलुखुम्बु। सोलुखुम्बुमा महिलाका नाममा घर/जग्गा पास (लिखत) गराउनको संख्या २५ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घर/जग्गा पास गर्ने महिलाको संख्या २५ प्रतिशतले घटेको मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा १४ सय १ जनाले जग्गा पास गराएकोमा ५३२ जना महिला रहेका थिए। तर गत आर्थिक वर्षमा

गठबन्धनले निर्वाचनमा तालमेल गरे संविधानविपरित हुने

काठमाडौं। नेकपा एमाले नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा नेता रावलले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनैपनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरित हुने

यो निर्वाचन एउटा मौका हो ,दुइ तिहाई बहुमत ल्याउने : अध्यक्ष ओली

काठमाडौ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत आफूतिर पार्ने महासंग्राममा होमीन सम्पूर्ण पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अबको मुख्य केन्द्र संघ र प्रदेश सभाको निर्वाचन रहेको भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन् । अबको मुख्य केन्द्र निर्वाचन हो । यो निर्वाचन एउटा मौका हो । यो

देशभर मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने

बिराटनगर। देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर