विराटनगर । सप्तकोसीमा पानीको सतह बढ्दै जाँदा कटानको जोखिम बढ्दै गएको छ। वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्दै जाँदा नदीले निरन्तर पश्चिम तर्फ कटान थालेकोले जोखिम बढ्दै गएको हो । सुनसरीको वराहक्षेत्र नगरपालिकाको श्रीलङ्का टाप्पु र उदयपुरको बेलका नगरपालिकाका ४ वटा वडा जोखिममा परेको छ । सप्तकोसी नदीले लगातार दुई वर्षदेखि पश्चिम तर्फ कटान
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालीन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केहि निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताए। उनले कुन सरकारका पालामा
झापा। झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका- ६ निवासी २३ वर्षीय राजेश कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। घाइते कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको डिएसपी पाठकले बताए। प्रहरीका अनुसार साउन ४ गते दिउँसो २
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा चल्ने १६ वटा स्कुल बसलाई कारबाही गरेको छ छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने १६ वटा साधनहरूलाई कारबाही गरेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। साउन ८ गतेबाट सुरु भएको
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा ट्राफिक प्रहरीले दैनिक जरिवाना कटाउन थालेको भन्दै उनीहरु आन्दोलित भएका छन् ।चालकहरुले धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु लामवद्ध पारेर प्रहरी ज्यादतीविरुद्ध बिहानैदेखि एलएन चोकमा प्रदर्शन