चतरा। उदयपुरको बेलका नगरपालिका-८ स्थित डुम्री बोटे (लाहुरे खोज) भन्ने स्थानबाट सप्तकोसी नदी बस्तीतिर पसेको छ।२ सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब चार बजे सप्तकोसी नदिको पानीले बाँध फुटाएर बस्तीमा प्रवेश गरेको हो। सप्तकोसीको बाढी रोक्न नगरपालिकाको तर्फबाट प्रयास भए पनि कोसीमा पानीको बहाव बढेसँगै आएको बाढीले नियन्त्रणको लागि निर्माण गरेको बाँधलाई
बिराटनगर। सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा मंगलबार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएको बताए।
बिराटनगर । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद्
बिराटनगर। सप्तरीको शम्भुनाथ नगरपालिका-५ मोहनपुरमा आज दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा ३२ प ४४८६ नम्बरको मोटरसाइकल र स ४ प ९९५० नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे आपसमा ठक्कर खाएका हुन्। दुर्घटनामा परी ९९५० नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ६ का ५२
बेनी। म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिए। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको
बिराटनगर। महोत्तरीको बर्दिवास नगरपालिकामा तीन वटा बैंकहरु रहेको भवनमा आगलागी भएको छ। सिद्धार्थ बैंक, कामना विकास र नेपाल एसबिआई बैंक रहेको भवनमा सोमबार दिउँसो आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलले जानकारी दिएका छन्। आगलागी सिद्धार्थ बैंकको कोठाबाट सुरु भएको प्रहरीले जनाएको छ। आगलागी भएको सूचना पाउनासाथ आगलागी नियन्त्रणको प्रयास भइरहेको रावलले बताए।
ललितपुर। ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको ५ र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले बताए ।उनले भने,‘हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौं । उक्त रोगलाई
काठमाडौं । मौसम बदली भई देशभर पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही ठाउँमा वर्षाले खतराको तह पार गरेको छ । देशका विभिन्न चार ठाउँमा खतराको तहभन्दा धेरै पानी परेको छ । विभागको मापन अनुसार कास्की, सुनसरी, चितवन र झापामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा
काठमाडौं। नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ४ सय रुपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। यसदिन
सन्धिखर्क। प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले सोमबार सिंहदरबारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् । नायब सुब्बा बचाउ अभियानको पहलमा विभिन्न नारा र मागहरु लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। प्रत्यक्ष जनसम्पर्कमा रहेर सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन र सेवा प्रवाह गर्न सबैभन्दा महत्वपूर्ण भूमिकामा