Category: समाचार

एनसेल संचालक बाटै प्रयोगकर्ता सास्ती

विराटनगर। एनसेल (NCELL) सिम प्रयोगकर्ताहरु कमश एनसेल (NCELL) संचालक बाटै सास्तीमा पर्दै आएको छ। यो सिम प्रयोगकर्ताहरुले फोन गर्नु पर्ने बेला नेटवर्कको समस्य ,कहिले कहिँ विभिन्न कारण देखाई पैसा काट्ने समस्या अहिले पनि उतिकै छन् । समस्या समधान गर्नु पर्ने भन्दा झन् समस्या दिदै आएको देखिन्छ। हाले एनसेल (NCELL) कम्पनीले बजारमा ल्याएको रिचार्ज कार्डमा समस्या

सामुदायिक जंगलमा एक पुरुषको शव फेला

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका-८, आशापुरीमा रहेको सामुदायिक जंगलमा एक पुरुषको शव फेला परेको छ। पहिचान नखुलेको अन्दाजी ४०/४५ वर्षको पुरुष मृत भेटिएका हुन्। थप घटनास्थल लास जाँच मुचुल्काको लागि वृत जगातीबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईंको कमाण्डमा टोली खटाइएको प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए।

किसानलाई नि:शुल्क विद्धुत

जनकपुरधाम। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले किसानले खेतमा सिँचाइ गरेबापत लागेको विद्धुत महसुल तिरिदिने भएको छ। विद्युत्को प्रयोगमा प्रोत्साहन गर्न र सिँचाइ गर्दा लागत कम गर्न विद्युत्को खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको हो। कृषि विद्धुतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले डिजेल–पेट्रोलको प्रयोग कम गर्न यो अवधारणा ल्याएको गाउँपालिकाले जनाएको छ। यसका लागि गाउँपालिकाले

लिलाधार कुशवाहाको संयोजकत्वमा १५ सदस्यीय कार्य समिति सर्वसहम्मत चयन

सर्लाही । सर्लाहीको बरथवा नगरपालिका वार्ड न। ५ स्थित अन्नपुर्ण होटलको सभा हलमा पेशागत महासंघ नेपालको जिल्ला अधिवेशन सम्पन्न भएको छ । पेशागत महासंघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी, एकिकृत समाजवादी संगठन, सर्लाहीको आयेजनामा सम्पन्न भएको अधिवेशनमा लिलाधार कुशवाहाको संयोजकत्वमा १५ सदस्यीय कार्य समिति सर्वसहम्मत चयन भएको हो । उपाअध्यक्षमा दिनेश राय, महिला उपाध्यक्षमा सुशिला

पूर्वस्वास्थ्यमन्त्री डाक्टर श्रेष्ठ निधन

विराटनगर। पूर्वस्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको उपचारका क्रममा आज बिहान सवा ४ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी २०४६ सालको आन्दोलन पछाडि बनेको सरकारमा स्वास्थ्यमन्त्री भएका थिए। पछिल्लो समय उनी मानवअधिकार क्षेत्रमा सक्रिय थिए। पारिवारिक स्रोत अनुसार उनका छोराछोरी विदेशमा रहेकाले मंगलबार ९ बजेपछि

लागुऔषध गाँजा बोकेको पिकअप सहित चालक पक्राउ

विराटनगर। धनकुटाको सहिदभूमि गाँउपालिका-४ हिले-छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले ‍पक्राउ गरेको छ । गत माघ २८ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को. १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम (१५ बोरा)

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ सुरु

काठमाडौ। नेकपा एमालेले आजदेखि ‘मिसन ग्रासरुट’सुरु भएको छ । एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि दुई महिने ‘मिसन ग्रसरुट’सुरू गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै अभियानको उद्घाटन गरेका हुन् । पार्टीलाई आधरभूत रुपबाटै बलियो बनाउने भन्दै एमालेले यो अभियान सुरू गरेको जनाएको छ । अभियानका

अण्डाभित्र लुकाएर ब्राउन सुगर ल्याउने दुई जना पक्राउ

झापा। झापाका सीमा नाकाबाट लागूऔषध भित्र्याउन कारोबारी तथा प्रयोगकर्ताले नयाँ नयाँ तरिका अपनाउन थालेका छन्। यसै क्रममा काँकडभिट्टा नाकामा अण्डाभित्र लुकाएर ब्राउन सुगर ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-३ निवासी २४ वर्षीय ऐतराज इवा र सोही ठाउँका २७ वर्षीय प्रकाश खाती रहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

धर्म निरपेक्षताको आडमा इसाई करण तिब्र रूपमा बढ्दै

विराटनगर। नेपालमा धर्म निरपेक्षताको आडमा इसाई करण तिब्र रूपमा बढी रहेको छ। यसलाई नियन्त्रण नगरेको खण्डमा मुलुक दुर्घटनामा पर्न सक्छ। राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर १ समितिले माननीय मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाउदै सो बिचरा अघि सारेको हो। देशको राष्ट्रियता माथि घम्भिर खतरा छ कालापानी सहिको भूभागलाई संसद भित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलहरूले

ग्याँस सिलिन्डर पड्किँदा दुई जना घाइते

दाङ। दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन्। aखाना पकाउने क्रममा ग्याँस सिलिन्डर पट्किँदा दुई जना घाइते भएको दाङ प्रहरीले जनाएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका-५ घर भइ हाल तुलसीपुर-१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका छन्। तुलसीपुर-१६ मा