एजेन्स। काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दाबी गरेका छन्। उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप पनि लगाए। भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई
काठमाडौं। सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। यसदिन नेप्से परिसूचक ६.६८ अंकले वृद्धि भएर १९७७.३० विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले वृद्धि भएर ३८३.७७ विन्दुमा पुगेको छ। आज २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँमा खरिदबिक्री
काठमाडौं । सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ । भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम
काठमाण्डौ । मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन । आर्थिक रुपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको हो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको छ