काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ। सरकारमा जसपा सहभागिता, पार्टीले निर्वाह गर्ने भूमिका र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने/नहुने तय हुन बाँकी रहेको उनको भनाई
विराटनगर। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन्। पार्टीको प्रदेश सभापतिसमेत रहेका थापा १८ मत ल्याएर विजयी भएका हुन्। दलको नेतामा उम्मेदवारी दिएकामध्ये प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले २ मत ल्याएका छन्। प्रदेशमा कांग्रेसका २९ जना प्रदेशसभा सदस्य थिए। आकांक्षीले दाबी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवास सरेका छन्। उनी बुधबार साँझ सरकारी निवास सरेका हुन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन्। माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड नेकपा एमालेसहित सात दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेका थिए। उनले ८ सदस्यीय मन्त्रिपरिषद्
काठमाडौं। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेका छन्। देउवा बुधबार बिहान बालुवाटारबाट निस्किएका हुन्। बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकाले देउवा धुम्वाराहीस्थित भाडाको घरमा सरेका हुन्। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि बुधबार मात्रै देउवाले बालुवाटारस्थित सरकारी निवास छाडेका हुन्।
काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा) सरकारमा जाने-नजाने विषय बैठकपछि मात्र टुङ्गो लाग्ने भएको छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने नहुने तय हुन बाँकी रहेको जानकारी दिए। उनका अनुसार पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठक सरकारमा जाने-नजाने
विराटनगर। प्रदेश नम्बर १ प्रदेशसभाको प्रथम अधिवेशन आउँदो पौष १७ गते बस्ने भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णयबमोजिम आउँदो आइतबार प्रदेश सभाको पहिलो बैठक बस्ने भएको हो। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पौष १७ अपरान्ह १ बजेका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ। बैठकले अधिवेशन
काठमाडौं। अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको चर्चासँगै सेयर बजारमा चमक देखिएको छ। एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ प्रधानमन्त्री बनेका हुन्। माओवादी केन्द्रको नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको रुपमा पौडेलको नाम चर्चामा छ। कारोबार सुरु भएदेखि सोमबार नेप्से परिसूचक उकालो लागेको छ। यो समाचार तयार पार्दासम्म (दिउँसो १ बजेसम्म) नेप्से
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन्। देउवाले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि टेलिफोनमार्फत बधाई दिएका हुन्। माओवादी केन्द्रका प्रवक्ता कृष्ण महराले प्रचण्डलाई देउवाले बधाई दिएको जानकारी दिएका हुन् । बालुवाटारमा देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले गरेको प्रस्ताव अस्वीकार गरेपछि उनी बालकोट पुगेका थिए। लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै चीनले बधाई दिएको छ। नेपालस्थित चिनियाँ दूतावासले आइतबार राति ट्वीटरमार्फत बधाई दिएको हो। दूतावासले भनेको छ, ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई।’
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियु्क्त गरेकी हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले सोमबार ४ बजे शपथको तयारी गरिएको अन्नपूर्णलाई जानकारी दिए। विभिन्न ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका