Category: राजनीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार नबनोस् भनेर शक्ति केन्द्रहरू दौडधुपमा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार नबनोस् भनेर शक्ति केन्द्रहरू दौडधुपमा लागेको आरोप लगाएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले एमाले केही भएरै शक्ति केन्द्रहरूसमेत रोक्नलाई दौडधुप सुरु गरेको बताए। ‘एमाले नेतृत्वको सरकार बनाउन नदिन विभिन्न शक्ति केन्द्रहरू दौडधुपमा छन्। नेकपा एमाले केही रहेछ र त दौडधुप सुरु भएका छन्,’ उनले भने।

सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित

विराटनगर। सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो

नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न अनुरोध गरे:मेयर हर्कराज राई

सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न अनुरोध गरेका छन्। सोमबार बिहान सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादीका अशोक राई र प्रदेश सभातर्फका एमालेका विजय राई र रमेश बस्नेतलाई बधाई दिँदै विकासका लागि पहल गर्न अनुरोध गरेका हुन्। मेयर साम्पाङले आफ्ना योजनाहरुलाई पूरा गर्न पहल गर्न

बाजुरामा मंसिर ४ गते स्थगित भएको मतदान आज पुन हुदै

बाजुरा। बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी माविमा उच्च सुरक्षाकाबीच शनिबार बिहान ७ बजेबाट पुन मतदान सुरु भएको छ । मंसिर ४ गते को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएपछि मतदान स्थगित गरिएको थियो । मंसिर ७ गते स्थगित गरिएको निर्वाचन निर्वाचन आयोगले पुन: मंसिर १० गते गर्ने भनेर सुचना जारी गरेको थियो।

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिए

काठमाडौं। रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ। निर्वाचनपछि मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन लगायतका दलहरूले विरोध गरेपछि मतगणना रोकिएको हो। उनीहरूले पुनः मतदानको माग गर्दै मतदानस्थल बुटवल उपमहानरपालिका बाहिर नाराबाजी गरेका छन्। ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी

सुनसरी क्षेत्र नम्बर १ को (क) बाट एमालेका रमेश बस्नेत विजयी

विराटनगर। सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्यमा एमालेका रमेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेस प्रदेश महामन्त्री उमेश थापालाई पराजित गर्दै विजयी भएका हुन्। थापा बस्नेतका नाताले ज्वाइँ पर्छन्। निर्वाचित सांसद बस्नेतले ११ हजार १०२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी थापाले ९ हजार ७५२ मत प्राप्त गरे । प्रदेशसभामा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई पछि पार्दै निर्वाचित भएका हुन् । शुक्रबार बिहान सकिएको मतगणनामा कोइरालाले ३५ हजार २१८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९३२

केदार कार्की पुनःप्रदेशसभा सदस्यमा निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नम्बर ६ (ख) बाट नेपाली काँग्रेसका केदार कार्की पुनःप्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका उमेदवार पर्शुराम बस्नेतलाई एक हजार १७७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । उनले १० हजार ४४६ र बस्नेत ९ हजार २६६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा समेत कार्की यस क्षेत्रबाट निर्वाचित भएका

मोरङको क्षेत्र नं. ४ (ख) बाट पूर्व मेयर भीम पराजुली निर्वाचित

विराटनगर। विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली प्रदेश १ को प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । मोरङको क्षेत्र नं. ४ (ख) बाट उनले प्रदेशसभाको चुनाव जितेका हुन् । आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका जीवन घिमिरेलाई १ हजार ७८८ मतान्तरले पराजित गर्दै पराजुलीले पहिलोपटक प्रदेश सभाको यात्रा तय गरेका हुन् । प्रदेश १ का पूर्व सामाजिक विकास

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका योगेन्द्र मण्डल निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका योगेन्द्र मण्डल निर्वाचित भएका छन् । दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर निर्वाचित भएका हुन्। मण्डलले २१८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७४८६ मत प्राप्त गरेका छन् । भने, जसपाका राजकुमार यादवले १७३९० मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा काँगे्रसका अमृत अर्याललाई हराउदै विजयी बनेका माओवादी