काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनबाटै सरकार गठनको प्रयास गरिने बताएका छन्। माओवादी केन्द्रको पदाधिकारी बैठकपछि महासचिव गुरुङले गठबन्धन यथावत रहेकाले सरकार गठनको प्रयास गठबन्धनबाटै थालिने बताएका हुन्। महासचिव गुरुङले भने, ‘गठबन्धनका घटकहरूबीच कुराकानी हुन्छ। गठबन्धनकै प्रक्रियाबाट निर्वाचन भएकाले गठबन्धनको बैठक बस्नुपर्छ। भोलि गठबन्धनको आयोजना हुने भएको छ। गठबन्धनबाटै सरकार गठनको पहिलो
विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन्। निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा
विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब बन्ने सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए। उनले नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आयोजित कार्यक्रममा बोल्दै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे। ‘मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन’, उनले भने, ‘अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका
विराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्। उनले एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी कुसियतले ३० हजार ३७१ मत पाए। सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्की जितसँगै दोस्रो पटक संसद भवन प्रवेश
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन्। ‘गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ‘, उनले भने,
विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती हटाउन लागेको विषयमा दिएको अभिव्यक्तिप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कडा आपत्ति जनाएका छन्। मेयर शाहले मंगलबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सुकुम्वासीहरू भोट बैंकका रूपमा प्रयोग गरेका आरोप लगाएका छन्। महानगरपालिकाले थापाथलीस्थित सु्कुम्वासी हटाउन लागेको बारे अध्यक्ष ओलीले पार्टी कार्यालयमा बोल्दै वैकल्पिक व्यवस्थापन गरी उठाउनुपर्नेमा
काठमाडौं। थारू समुदायलाई कोटा नछुट्याई खुलाएको विज्ञापनअनुसार पदपूर्ति प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई बाटो खुलेको छ। त्यसलाई यथास्थितिमा राख्न कात्तिक २० गते जारी अन्तरिम आदेश सर्वोच्च अदालतले रद्द गरिदिएको छ। ‘मुलुकको सार्वजनिक सेवाप्रवाहमा नै गम्भीर असर पर्न सक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट मिति २०७९।७।२० मा जारी भएको अन्तरिम आदेश कायम रहनु
काठमाडौ। राप्रपा नेपालले आम निर्वाचनमा निराशाजनक परिणाम भोग्नुपरेको निष्कर्ष निकालेको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले अपेक्षाकृत परिणाम नआए पनि जनताको अभिमतलाई स्वीकार गर्दै प्रजातान्त्रिक मान्यता अनुसार पराजय स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा होमिनुपरेको, संगठन निर्माण हुन नसकेको, संस्थागत रुपमा प्रभावकारी चुनावी अभियान संचालन हुन
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार नबनोस् भनेर शक्ति केन्द्रहरू दौडधुपमा लागेको आरोप लगाएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले एमाले केही भएरै शक्ति केन्द्रहरूसमेत रोक्नलाई दौडधुप सुरु गरेको बताए। ‘एमाले नेतृत्वको सरकार बनाउन नदिन विभिन्न शक्ति केन्द्रहरू दौडधुपमा छन्। नेकपा एमाले केही रहेछ र त दौडधुप सुरु भएका छन्,’ उनले भने।
विराटनगर। सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो