Category: राजनीति

गरीब परिवारबाट राजनीतिमा आएको हुँ, झुठको खेती गर्न कहिल्यै आएन’ : सीताराम मेहता

विराटनगर। नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले आँफू किसान परिवारबाट राजनीतिमा उदाएको मान्छे भएकाले झुठको खेती गर्न नआउने बताएका छन् । बिहीबार चुनावी प्रचारप्रसारपछि इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता मेहताले आँफू गरीब, किसान परिवारबाट राजनीतिमा उदाएकाले झुठको खेती गर्न नआएको बताएका हुन् । ‘मलाई गरीबका नेता पनि भन्छन्,

चितवनमा नेपाली काङ्ग्रेस उम्मेदवारको गाडी तोडफोड

चितवन। चितवन क्षेत्र नम्बर २ का नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च २०५० नम्बर को गाडीमा तोडफोड भएको हो । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा चितवनका कार्यकर्ताले गाडी तोडफोड गरेका हुन्। डीएसपी नरहरि

निर्वाचन बिथोल्न विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा देशभरबाट ११५ जना पक्राउ

काठमाडौ। निर्वाचन बिथोल्न सक्रिय समूहप्रति प्रहरीले निगरानी बढाएको छ। मंसिर ४ मा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षाका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षाका सबै निकाय परिचालन गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘चुनाव विरोधी गतिविधि गर्ने व्यक्ति हुन् या समूह सबैलाई

मोरङ ३ भानुभक्त ढकालमाथि आरोप नै आरोप, कम्युनिस्टको लाल किल्ला डगमगाउने संकेत

मोरङ । निर्वाचनको समयमा नेतृत्वमा रहेका व्यक्तिहरूलाई अलिअलि आरोप लाग्नु सामान्य हो । तर मोरङ ३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने  हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ । त्यो आरोप हो ‘ढकाल भ्रष्टाचारी हो’ । ढकाल माथि लाग्ने गरेको उक्त आरोपका कारण उनको छवि विवादित बनेको छ । त्यति

निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने: प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर

मोरङमा राप्रपाको कन्तविजोक

विराटनगर। राजा सहित को प्रजातन्त्र को नारा बोकेर अगाडी बढिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी क उमेद्वार लाई मोरङ मा पार्टीको तर्फ बाट कुनै प्रकारको सहयोग प्राप्त हुन सकेको छैन। राप्रपा मोरङ को बैठक ले जिल्ला निर्वाचन समिति प्रचार प्रसार समिति गठन गरेर आफ्नो उत्तरदयितव्य पुरा गरेको देखाउने बाहेक अन्य काम हुन् सकेको छैन। राप्रपा मोरङ मा विभिन्न

मंसिर ४ को निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह हो: रेखा थापा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको जिकिर गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेकी थापाले बिहीबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् । पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले भनिन् ‘मंसिर ४

उमेदवार अमृत आर्याल घरदैलोमा बेस्त ।

नेपाली कांग्रेसका नेता तथा प्रदेश तर्फ मोरङ क्षेत्र नम्बर ५ “ख” बाम गठबन्धन तर्फबाट प्रदेश सभा सदस्य उमेद्वार अमृत आर्याल पुन:घर दैलोमा लाग्नुभएको छ | घर दैलोको क्रममा नाक बाट रक्त बग्न थाले पछि आर्याल लाई अस्पतालमा भर्ना गर्नु परेको थियो |करिब चार दिन को अस्पताल बसाई पछि घरदैलोमा लाग्नुभएको हो |यस्तो समय मा बिरामी

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला घरदैलोमा व्यस्त छ |

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला घरदैलोमा व्यस्त छ | मङ्सिर ४ गते नजिकिए संगै नेता डा कोइराला व्यस्त भएको हो | संघिय र प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा बाम गठबन्धन तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उमेद्वारी दिनुभएको नेता डा कोइराला मतदाताको घर घरमा गइ आफ्नो एजेन्डाहरु भनि राख्नु भएको छ |