गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन विकास र समृद्धिका लागि समर्पित गर्ने बताएका छन्। उनले भने, ‘मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु। राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।’ चुनावी
विराटनगर। मोरङमा निर्वाचन आचारसंहिता उल्लंघनका १४ वटा उजुरी परेका छन्। निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारहरुका तर्फबाट आचारसंहिता उल्लंघन भएको भनेर उजुरी परेका हुन्। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका घटना पनि बढेका छन्। राजनीतिक दल र उम्मेदवारले नियमको उल्लंघन गर्दै चुनावी प्रचारलाई तीव्र पारेका हुन्। हालसम्म आचारसंहिता उल्लंघनका १४ वटा
मस्को। रुसी सेनालाई युक्रेनी सहर खेरसनबाट बाहिर निस्कन आदेश दिइएको छ । फेब्रुअरीमा हमला गरेपछि रुसले कब्जा गरेको खेरसन एक मात्र सहर हो। युक्रेनमा रुसका कमाण्डर जनरल सर्गेई सुरोभिकिनले सहरमा आपूर्ति जारी राख्न सम्भव नभएको बताएका छन्। सेना फिर्ताको अर्थ रुसी सेना पूर्ण रुपमा निप्रो नदीको पश्चिमी किनारबाट हट्ने छ। युक्रेनको जवाफी हमलाको सामना गरिरहेको
मलंगवा। प्रतिनिधि तथा प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा सर्लाही क्षेत्र नं. ४ मा स्वतन्त्र नै बलियो देखिएको छ। सत्ता गठबन्धन तथा एमाले जसपा गठबन्धलाई स्वतन्त्रले राम्रो चुनौती दिएको छ। सत्ता गठबन्धबाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्रकुमार राय चुनावी मैदानमा छन् भने एमाले–जसपा गठबन्धबाट जसपाका राकेश कुमार मिश्र छन्। स्वतन्त्रतर्फ अमरेश कुमार सिंह र मधुमाला यादव
विराटनगर। मोरङ (विराटचोक) । विगतका निर्वाचनलाई हेर्ने हो भने मोरङ क्षेत्र नम्बर ३ कम्युनिस्टको गढ हो भन्दा फरक पर्दैन । तर गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएर ३ पटकसम्म मन्त्री भएका एमालेका भानुभक्त ढकालको विवादित छविले मतदाता मात्रै हैन कार्यकर्ता समेत रुष्ट देखिएका छन् । सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को घरदैलो कार्यक्रममा सुन्दरहरैंचा १०
विराटनगर। मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ तालिका सार्वजनिक गर्ने भएको छ। नेपाली कांग्रेसबाट उम्मेदवार रहेका प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएपछि आयोगले मंसिर ४ गते निर्वाचन हुने गरि काम अगाडि बढाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मोरङ
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाँदैछिन। राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत् त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल’कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आज त्यसतर्फ जान लागेकी हुन्। राष्ट्रपति भण्डारी कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको
बझाङ। बझाङमा निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चैनपु्र अदालत नजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमल थापा, विकास
बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आगामी मंसिर ४ गते हुने आम निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । मसालको हालै सम्पन्न बैठकले निर्वाचनमा सहभागी नहुने र जनतालाई चुनावमा भाग नलिन अनुरोध गर्ने निर्णय गरेको हो । मसालले संसदीय व्यवस्थाको अन्त्य गरी जनताको जनवादी व्यवस्था स्थापना गर्नुपर्ने माग गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नहुने
बुटवल। रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन् । देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोल ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन् । प्रहरीका अनुसार कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनीहरुको शव फेला परेको थियो । देवदह प्रहरी चौकी प्रमुख रहेका