Category: राजनीति

गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी दिए। मन्त्री खाँणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली

मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज मंगलबार प्रकाशन गर्ने कार्यक्रम रहेको छ। यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते दर्ता भएको

चितवनमा उमेद्वारीमा परिवर्तन अधिकांश नयाँ अनुहार

चितवन। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रोपटक चितवनको क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका छन्। पूर्व अर्थमन्त्री पाण्डे दुईपटक निर्वाचित भइसकेका हुन्। उनी २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी अर्थमन्त्री बने। पाण्डे २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसँगको तालमेलमा निर्वाचित भएका थिए। उनीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएकाहरू भने नयाँ अनुहार हुन्। पाण्डेसँग राष्ट्रिय योजना

देशमा आन्तरिक र बाह्य स्वार्थहरूबाट गठित गठबन्धन सरकारअबको निर्वाचनमा पछारिन्छ : ओली

झापा। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्तरिक र बाह्य स्वार्थहरूबाट गठित गठबन्धन सरकार यस निर्वाचनमा पछारिने बताएका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएपश्चात् दमकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्। २०७४ सालको निर्वाचनपछि एमालेको नेतृत्वमा एउटा देशभक्त सरकार बनेको थियो। एमाले सरकारमा हुँदा

नेकपा एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताहरुले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरे

हेटौंडा। नेकपा एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताहरुले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। प्रतिनिधिसभा मकवानपुर-१ मा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरको विरोधमा उनीहरुले आज बिहान तालाबन्दी गरेका हुन्। एमालेले यस अघि उक्त क्षेत्रमा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर पार्टी अध्यक्ष केपी ओलीले शनिबार उक्त निर्णय परिवर्तन

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरे

विराटनगर। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सूची सार्वजनिक गरेको हो। आयोगले समानुपातिक तर्फका उम्मेदवारलागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो। आयोगका

जसपाले उम्मेदवारको टुंगो लगाए: सुची सहित

विराटनगर। जनता समाजवादी पार्टीले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो जसपाले उम्मेदवारको टुंगो लगाएको हो । एमालेसँग तालमेल गरेको जसपाले प्रतिनिधिसभामा १७ सिट पाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार भएको सहमति अनुसार जसपालाई प्रदेश १ मा दुई सिट, मधेस प्रदेशको १४ सिट

नेकपा माओवादी केन्द्रले चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारीलाई टिकट दिए

विराटनगर। नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारीलाई टिकट दिएको छ। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको भागमा परेको उक्त निर्वाचन क्षेत्र भाग परेपछि अधिकारीलाई उम्मेदवार बनाएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त क्षेत्रबाट २०७४ सालमा जितेका थिए। सङ्घीय अस्पताल भरतपुर अस्पतालको अध्यक्ष रहेका अधिकारीले मनोनयन पत्र दर्ता गराउनु

समानुपातिक उम्मेदवार बन्दसूचीबाट नाम फिर्ता लिन चाहेमा मध्यान्ह १२ बजेसम्म लिन पाउने

विराटनगर। मङ्सिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको संशोधित बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज १२ बजेभित्र नाम फिर्ता लिन पाउने छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको छ। उम्मेदवारको बन्दसूचीबाट फिर्ता

निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोके

विराटनगर। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ। आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो। खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै