काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिएका छन्। सोमबार पार्टी कार्यालय तीनकुनेमा आयोजित नेपाल मगर संघ (समाजवादी)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र केपी ओलीमा व्यक्तिबादी चरित्र देखापरेकै कारण आफूहरुले बिद्रोह गर्नुपरेको भन्दै एकीकृत समाजवादीमा कसैले व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही
विराटनगर। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यसमा कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री भने ,’आगामी मङ्सिर महिनामा हामी
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको बताएका छन्। संविधान दिवस–२०७९ को अवसरमा शुभकामना दिँदै उनले संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीताउन आह्वान गरेका हुन्। उनले प्रतिगमन विरोधी अग्रगामी
नेपलको अन्तरिम संबिधान २०७२ सालमा लिखित ‘नेपालको संविधान’ मुलुकका लागि सातौं संविधान हो। अघिल्ला ६ वटाभन्दा यो नै सबैभन्दा महत्त्वपूर्ण र गरिमामय छ। पहिलो त, यो जननिर्वाचित जनप्रतिनिधिहरूले लेखेको संविधान हो। २००४ सालमा राणा प्रधानमन्त्री पद्मशमशेरले पहिलो संविधान दिए— नेपालको वैधानिक कानुन। त्यो कार्यान्वयनमा आएन। त्यसपछिका दिनमा नेपालीहरूको एउटै राजनीतिक सपना थियो— आफ्नो देशको मूल
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वहरुले राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने बताएका छन्। जितिया पर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै
काठमाडौं। प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन प्रक्रिया सुरु भएको छ। मंसिर ४ गते तय भएको निर्वाचनका लागि गएरातिबाट प्रतिनिधि तथा प्रदेश सभाको पाँच वर्षे कार्यकाल समाप्त भएसँगै नेपाल नयाँ निर्वाचन प्रक्रियामा गएको हो। निर्वाचन आयोगका अनुसार आइतबार र सोमबार राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ। नेपालले मिश्रित निर्वाचन प्रणाली
काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि २०७४ सालमा राजनीतिक दलहरुले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज विज्ञप्ति जारी गर्दै अघिल्लो निर्वाचनको बन्दसूची खारेज गर्ने निर्णय भएको जानकारी गराएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य
काठमाडौ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन- २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा राजनीतिक सहमति जुट्न सकेको छैन । नेकपा माओवादी केन्द्र हत्यालाई मानव अधिकार उल्लघंनका रुपमा उल्लेख गर्नुपर्ने अडानमा छ भने एमाले हत्यालाई गम्भीर मानव अधिकारका रुपमा राखिनुपर्ने पक्षमा छ । सोही विषयमा कुरा नमिल्दा विधेयक अघि बढ्न सकेको छैन।
काठमाडौ। प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ। यस्तै, गृह मन्त्री बालकृष्ण खाणले ‘कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
जनकपुर। नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन्। सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन्। उनले एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतको विकास हुने बताए