Category: राजनीति

राष्ट्रिय सहमतिको स्थिर सरकार बनाऔँ: बाबुराम भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको स्थिर सरकारको माग गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले खुट्टा तानातानमा समय खेर फाल्नुको साटो संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले राष्ट्रिय सहमितको स्थिर सरकार बनाउनुपर्ने उल्लेख गरेका छन्। विश्वव्यापी आर्थिकमन्दी बढेको र नेपाल अल्प विकास र परनिर्भरताको दुष्चक्रमा फसिहेको अवस्थामा देशले अर्को राजनीतिक अस्थिरताको चक्र

उपेन्द्र यादव भेटे देउवालाई

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरू धुम्बाराहीस्थित देउवा निवासमा भेटवार्ता गरेका हुन्। दुई नेताबीच समसमायिक विषयमा छलफल भएको छ। तत्कालीन पाँच दलीय गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेपछि देउवा धुम्बाराहीमा सरेका थिए। एमाले नेतृत्वको गठबन्धनमा यादव नेतृत्वको

मन्त्रालय फुटाएर २५ पुर्‍याउने विषयमा छलफल नै नभएको:प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : मन्त्रालय फुटाएर २५ पुर्‍याउने विषयमा छलफल नै नभएको सरकारले दाबी गरेको छ। सत्ताारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय फुटाउने विषय छलफल नभएको बताएका छन्। बैठकमा प्रधानमन्त्री दाहालसहित एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाकाका अध्यक्ष उपेन्द्र यादव बैठक सहभागी थिए।

जसपा न्यूनतम साझा कार्यक्रम हेरेर मात्रै सरकारमा जाने-नजाने निर्णय गर्ने

विराटनगर। जनता समाजवादी पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर मात्रै सरकारमा जाने-नजाने निर्णय गर्ने जनाएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा संघीयता, धर्मनिरपेक्षता र समावेशी विरोधी पनि सहभागी भएको भन्दै जसपाले सरकारको न्यूनतम कार्यक्रम पर्खने निर्णय गरेको हो। जसपाको राजनीतिक समितिमा सरकारमा जाने नजाने विषयमा सदस्यहरूको मत बाझिएको थियो । तर,

नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न नेपालको पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। आज सम्पन्न पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको बदख्वाइँ गर्ने, अरूको प्रशंसा गर्ने, सामाजिक सञ्जालमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासनविपरीत काम नगर्न सिंगो पार्टी पङ्तिलाई सचेत

प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

काठमाडौं : प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरुलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ ग्रहण गराएका हुन्। यसअघि पुस ७ गते राखिएको प्रतिनिधिसभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद आले र कांग्रेसबाट निर्वाचित सांसद राईले आज शपथ लिन लागेका हुन्। आले पारिवारिक

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रचण्डले पुस २६ गते विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइन दिन भन्दै संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई पत्र पठाएका हुन्। संसद बैठकमा विश्वासको मत लिने भएका हुन् । १६९ जना सांसदको समर्थन पुर्‍याएर प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दावी

संघिता विरोधीरलाई जवापफ् दिनुपर्ने नवनिर्वाचित प्रदेश सांसदहरुको जोड

विराटनगर । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघिता विरोधीरलाई जवापफ् दिनुपर्नेमा नवनिर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन । नवनिर्वाचित सांसदहरुलाई पुसन १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको शनिवार समापन कार्यत्रफ्ममा बोल्दै सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधीहरुलाई जवापफ् दिनुपर्नेमा जोड दिएका

प्रदेश १ प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दै

विराटनगर : प्रदेश १ प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दैछ। विराटनगरस्थित प्रदेशसभा भवनमा संसद (प्रदेशसभा)का ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डलको अध्यक्षतामा बैठक दिउँसो १ बजे बस्न लागेको हो। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम नयाँ संसदको पहिलो अधिवेशन आह्वान गरेका थिए। प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश प्रमुखबाट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगे

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो पटक गृहजिल्ला चितवन पुगेका हुन्। प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न चितवन गएका हुन्। हीरक महोत्सवमा सहभागी भएर उनी आजै काठमाडौँ फर्कने कार्यक्रम छ। विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा