किभ (एएफपी)। रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९ हजार युक्रेनी सैनिक मारिएका छन्। ६ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनमा संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्। युक्रेनका कमान्डर–इन–चिफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। थुप्रै बालबालिकाका
कोलम्बो । श्रीलंकामा सन् २०२२ को आठ महिना अवधिमा करिब ५० हजार डेंगुका बिरामी फेला परेका छन्। यो राष्ट्रिय डेंगु नियन्त्रण एकाइ (एनडीसीयू)को विवरण हो। सञ्चारमाध्यमका अनुसार डेंगुबाट प्रभावित भई ४९ हजार ९ सय ४१ जना अस्पताल भर्ना भएका छन्। कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कुल संक्रमितमध्ये ५० प्रतिशत भेटिएका छन्। कोलम्बो नगर
नयाँ दिल्ली। भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित थपिएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ। यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन्। भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ सङ्क्रमित भएका थिए। दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ।
मस्को। रुसको रोस्तोमा मङ्गलबार आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी भएको र सोही आगो बस्तीमा लागेर घरहरू जलेको अधिकारीहरूले जानकारी दिएका छन् । मान्छे बस्दै आएका घरहरू जले पनि मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाइ छ । देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो ।
कश्मीर । इन्डो-तिब्बत सीमा प्रहरी बल (आईटीबीपी) को बस मंगलबार बिहान ११ बजे कश्मीरको पहलगाममा दुर्घटना भएको छ। दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा ६ सैनिकको मृत्यु भएको छ। बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस थिए। बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । सबै जवान अमरनाथ
काबुल। अफगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। साथै सयौं घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन्। प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख शम्स रहमान सादेक्कीले सयौं घर ध्वस्त भएको टोलो न्युजललाई बताएका छन् । अफगानिस्तानमा भारी वर्षा र
लण्डन (एएफपी)। बेलायतको औषधि नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ। मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ ले सोमबार एक विज्ञप्ति जारी गर्दै बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति दिएको जनाएको छ। बेलायती नियामक निकायले स्वीकृत गरेको
बिराटनगर। भारतीय सएसपीले नेपाल भारत दसगजा सिमा अतिक्रमण गरि आफ्नो काम कारवाही अगाडी बढाउदा पनि नेपाली पक्ष्य मुखदर्शक भएर बसेका छन। रानी बिराटनगर देखि जोगवनी जाने बाटो दसगजा भित्र भारतीय सुरक्षाकर्मी बसेर आफ्मो गतिबिधि संचालन गर्दा पनि नेपाली सुरक्षाकर्मीहरु रमिते बसेका हुन्। गत २८ गते शनिवार भारतीय सुरक्षाकर्मी हतियार सहित नेपाल प्रवेश गरि समान बोक्ने
नयाँ दिल्ली। भारतमा पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९२ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा कुल सङ्क्रमतिको सङ्ख्या ४ करोड ४२ लाख ५३ हजार ४ सय ६४ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ ।
वासिङटन डिसी। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ । सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ । विज्ञहरुको एउटा