Category: अन्तर्राष्ट्रिय

गुजरातमा २२ बिघा जग्गाको मालिक कुकुर

नयाँ दिल्ली। भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुनै मानिस नभइ कुकुर भएको बीबीसी समाचारमा उल्लेख छ। गुजरातको बनासकांठा जिल्लाको पालनपुर तालुकको कुस्कल गाउँका कुकुर करोडपति कुकुर हुन्। बाहिरबाट गाउँ प्रवेश गर्दा सबभन्दा अघि नै २२ बिघाको सो जमिन देखिन्छ । यो जग्गाको अनुमानित लागत ५ करोड भारु रहेको छ । सो जग्गा कुकुरहरुकै लागी

नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलनको घोषणा गरे

बिराटनगर। नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलनको घोषणा गरेका छन् । ढुवानीकर्ताको माग अनुसार भाडा वृद्धि गर्ने सरकार र व्यवसायीबीचको सहमति कार्यान्वयन नभएपछि आन्दोलनको घोषणा गरिएको हो। पेट्रोलियम ढुवानी क्षेत्रमा रहेका विभिन्न समस्याहरु समाधानको लागि नेपाल आयल निगम समक्ष पटक/पटक माग पेश गरेपनि सम्बोधन नभएको नेपाल पेट्रोलीयम ढुवानी व्यवसायी संघले जनाएको छ । भदौ १

जम्मु कश्मीरमा भिडन्तमा तीन भारतीय सैनिक र दुई आतंकवादीको मृत्यु

कश्मीर। जम्मु कश्मीरको राजौरी जिल्लाको दारहल क्षेत्रमा बिहीबार बिहान भारतीय सेनाको क्याम्प नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ । सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई आतंकवादीको पनि मृत्यु भएको छ । जम्मुका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई आतंकवादीको

राष्ट्रपति निवास ह्वाइट हाउसमा चट्याङ पर्दा तीन जनाको मृत्यु

बिराटनगर। अमेरिकाका राष्ट्रपति निवास ह्वाइट हाउसमा चट्याङ पर्दा तीन जनाको मृत्यु भयो। गत बिहीबार चट्याङ पर्दा उनीहरु ह्वाइट हाउसस्थित पार्कमा रमाइरहेका थिए। समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा ७६ वर्षीय जेम्स म्युलर र उनी ७५ वर्षीया श्रीमती डोना म्युलर रहेका छन्। विकान्सिनका बासिन्दा उनीहरु ५६औं वैवाहिक वर्षगाँठ मनाउन ह्वाइट हाउस आएका थिए। लफायत पार्कमा रमाएरहेका

बंगालका पूर्व गभर्नर धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित

नयाँ दिल्ली। पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका थिए ।१६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेका बताए। पन्ध्र मत अमान्य र ७१० मत

नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको दोहोर्‍याए : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको दोहोर्‍याएका छन्। मन्त्री खाडले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका हुन्।उनीहरुबीच शुक्रबार गृहमन्त्रालयमा भेटवार्ता भएको थियो। नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले राजदूत यान्छीसँग भने, ‘नेपाली भूमिमा छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी

संसदीय समितिमा एसपीपीबारे प्रश्नै प्रश्न

काठमाडौं। संसदीय समितिले सरकारले रद्ध गरेको भनिएको अमेरिकी साझेदारी कार्यक्रम (एसपीपी) पत्र र अमेरिकी सरकारलाई पठाएको पत्रको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ। बिहीबार संसद्को राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले परराष्ट्रमन्त्री नारायण खड्का, कार्यवाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको थियो। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले साउन ११

चिनियाँ दम्पतिलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ

काठमाडौं। चिनियाँ दम्पतिलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन्। बुधबार राती लैनचौरबाट चिनियाँ दम्पतीलाई अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटेर लगेको उनीहरुमाथि आरोप

बलिउडका दबंग सलमान खानलाई राति ११ बजे २० बाईकर्सले ज्यान मार्न पछि परे

काठमाडौं । बलिउडका दबंग सलमान खानलाई ज्यान मार्ने धम्की दिएको मुद्दा अहिले चर्चामा छ । सलमान खान सधैं चर्चित स्टार हुन् । सलमानले जति माया पाउँछन्, त्यति नै घृणा गर्नेको निशानामा पनि रहन्छन् । सन् २०१३ मा सलमान खानसँग हैदराबादमा एउटा डरलाग्दो घटना भएको थियो । जहाँ उनको २० वटा मोटरसाइकल सवार उनको पछि परेका

भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने युरिया मल गुणस्तरहीन प्रमाणित

बिराटनगर। भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने युरिया मल गुणस्तरहीन प्रमाणित भएको छ। सीमा आसपासका नेपाली कृषकलाई लक्षित गरी तस्कर समूहले मल ल्याउने गरेका हुन्। चोरी तस्करी गरी ल्याइएको उक्त मल सशस्त्र र नेपाल प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ। यसरी बरामद भएका दुई सय बोराभन्दा बढी मल भद्रपुर भन्सार कार्यालय परिसरमा लिलामका लागि