वासिङटन डिसी। अमेरिकाको भर्जिनियामा राज्यमा एक छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएका स्थानीय प्रहरीले जनाएको छ । न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न
कम्पाला। उत्तरी युगाण्डाको ओयाम जिल्लामा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको छ। राजधानी कम्पालाबाट गुलु जाँदै गरेको बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरी र सर्वसाधारण घटनास्थल पुग्दा ११ जनाको मृत्यु भएको पाइएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनाको कारण
मेक्सिको : बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा १४ जनाको ज्यान गएको छ। सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए। सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो। मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली
काश्मिर। भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको छ। काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो। यहाँ पश्चिमी क्षेत्रको तुलनामा कम हिंसात्मक घटना हुने स्थानका रूपमा लिने गरिन्छ। मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो
किभ। युक्रेनको राजधानी किभमा आइतबार राति रुसी सेनाले हवाइ हमला गरेका छन्। शहरका विभिन्न जिल्लामा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन्। किभमा सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरेको बताएको छ। हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई सामान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ।
मनिला : फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको छ । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । सो विभागकाअनुसार शनिबार कोभिडबाट ५९१ जना सङ्क्रमित भएका छन् । कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका
नयाँ दिल्ली : दक्षिण दिल्लीको ग्रेटर कैलाश क्षेत्रमा रहेको वृद्धाआश्रममा आइतबार आगलागी भएको छ। आगलागीमा दुई ज्येष्ठ नागरिकको मृत्यु भएको छ। ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तल्लामा आगलागी भएलगत्तै ५ दमकल घटनास्थलमा पुगेको दमकलले जनाएको छ । यस घटनामा १३ जनाको उद्धार गरिएको छ । दक्षिण दिल्लीका डीसीपी चन्दन शर्माका अनुसार यो वृद्धाश्रमले
काठमाडौं। भारतीय क्रिकेटर ऋषभ पन्तले दुर्घटना हुनुको कारण खुलाएका छन्। देहरादुनको म्याक्स अस्पतालमा उपचाररत पन्तले दिल्ली क्रिकेट एसोसिएसनको टोलीसँग दुर्घटनाको कारण बताएका हुन्। अस्पताल पुगेका संघका निर्देशक श्याम शर्मासँग उनले सडकमा खाल्डो आएका कारण दुर्घटना भएको खुलाए। यसअघि निन्द्राका कारण दुर्घटना भएको भनिए पनि पन्तले खाल्डोबाट बच्न खोज्दा डिभाइडरमा ठोक्किएको बताएका छन्। रातिको समयमा एक्कासि
नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको १०० वर्षको उमेरमा निधन भएको छ । बुधबार हिराबेनको स्वास्थ्यमा समस्या आएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीकी आमा हिराबेनको स्थानीय समयअनुसार शुक्रबार (डिसेम्बर ३०) बिहान ३:३० बजे निधन भएको हो । प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनबारे ट्विट गर्दै भगवानको
नयाँ दिल्ली। भारतमा आसामको जोरहाटमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा ३ वनकर्मी पनि छन्। जोरहाटका एसपी मोहनलाल मीनाका अनुसार चितुवाको आक्रमणमा घाइते भएका सबै खतरामुक्त छन्। उनले भने, ‘चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा तीनजना वनकर्मी रहेका छन् ।’ घाइते सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको एसपी