काबुल। अफगानिस्तानको राजधानी काबुलमा सोमबार अज्ञात बन्दुकधारीले चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गरेका छन्। काबुलको लोङ्गान होटेलबाट धुवाँको मुस्लो निस्किेको घटनास्थलबाट बाहिरिएको तस्बिरमा देखिएको छ। घटनापछि तालिवान सुरक्षा बल घटनास्थलमा पुगेको होटललाई छिमेकसँग सिल गरेको छ। गत वर्षको अगष्टमा सत्तामा आएयता तालिवानले सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ थुप्रै बम विष्फोट र आक्रमण भएको
कुन्दुज। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ। प्रान्तीय राजधानी कुन्दुज बाहिर दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन्।प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका
नयाँ दिल्ली। भारतको उत्तर प्रदेशस्थित नोएडा गाउँमा भीषण आगलागी भएको छ। आगो धेरै क्षेत्रमा फैलिसकेको छ। आगलागी भएको जानकारी पाएपछि नोएडाका प्रहरी र दमकल पुगेका छन्। आगलागीको कारण खुलेको छैन। आगो धेरै फैलिएका कारण स्थिति भयावह भएको छ। आगो निभाउने प्रयास भइरहेको स्थानीय प्रहरीले बताएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार एक दिन पहिले दिल्लीको एक गाउँमा
एजेन्सी। दुबईमा एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटिएको छ। जहाजभित्र सर्प भेटिएपछि यहाँको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार बी ३७-८०० नम्बरको विमान केरलाको कालोकटबाट शनिबार दुबई अवतरण भएको थियो। विमानको सामान राख्ने स्थानमा सर्प भेटिएको हो। विमानबाट सबै यात्रु सकुशल बाहिर निकालिएको थियो। नागरिक उड्डयन महानिर्देशनालयका
काठमाडौँ। शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै घटना बारे जनाकारी गराएको हो । स्थानीय समय अनुसार बिहान ४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । राज्यका जर्सी प्रहरीका प्रमुख
एजेन्स। कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । एक्कासी ढलेका उनलाई हृदयघात भएको यूएस सकरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खेल पत्रकारितामा कलम चलाउने प्रतिष्ठित फुटबल पत्रकार
गुजरात (एएनआई)। भारतीय जनता पार्टी (भाजपा)का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि शनिबार पहिलो बैठक बस्दैछ। बैठकमा नै गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने तयारी छ। भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जितपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ।
युक्रेन । युरोपेली आयोगले बुधबार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा ‘दबाब बढाउने’ बताएकी छन् ‘रूसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको सुरुमा युक्रेनलाई ऊर्जाविहीन बनाउने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी
राजस्थान। राजस्थानको जोधपुरमा बिहीबार एक घरमा बिहेको क्रममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । यस आगलागीमा हालसम्म प्राप्त जानकारी अनुसार ५५ जना घाइते भएका बीबीसी समाचारमा उल्लेख छ। जोधपुरको शेरगढ थाना क्षेत्रमा बिहीबार साँझ चारवटा सिलिन्डर विस्फोट हुँदा ठूलो दुर्घटना भएको हो। जलेर हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । घाइते ५५ जजनाको
बार्सिलोना। मोरक्कोबाट टर्की उडेको विमान गत बुधबार स्पेनमा आकस्मिक अवतरण गर्नुपर्यो। एक गर्भवती महिलाले प्रसव पीडा भएको बताएपछि इस्तानबुलका लागि उडेको विमान बार्सिलोनामा आकस्मिक अवतरण गरेको थियो। अवतरणलगत्तै विमानमा सवार २२८ यात्रीमध्ये २८ जना भागेको समाचार एजेन्सी एएफपीले जनाएको छ। प्रहरीको अनुसन्धानबाट ती गर्भवती महिला प्रसव पीडामा नरहेको खुलेको छ। योजनाअनुसार नै ती महिलाले स्पेनमा