नयाँदिल्ली। लामो चुनावी अभियान र दुई चरणको मतदानपछि भारतको स्थानीय तह निर्वाचनको मतगणना र नतिजा आउने क्रम जारी छ। गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको मतगणना सुरु भएको छ। गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने
नयाँ दिल्ली। भारतको झारखण्डको खुन्ती जिल्लामा २० वर्षीय युवकले २४ वर्षीय दाइको हत्या गरेको घटना सार्वजनिक भएको छ । हत्यापछि अभियुक्तले टाउको काटेर सेल्फी लिएको प्रहरीले जनाएको छ । मृतकका बुबा दसाई मुण्डाले डिसेम्बर २ मा यस सम्बन्धमा एफआईआर दर्ता गरेका थिए। त्यसपछि प्रहरीले गत आइतबार मुख्य अभियुक्त र उनकी श्रीमतीसहित ६ जनालाई पक्राउ गरेको
बेइजिङ। चीनको मेनल्याण्डमा ४२४७ कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४७७ जना लक्षणविहीन संक्रमित भेटिएका छन्। शनिबार ३ हजार ९१३ जना कोरोना संक्रमित निको भएका छन्। हालसम्म ५ हजार २३५ जनाको कोरोनाको कारण ज्यान गएको छ।
माली। मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतंककारी मारिएका छन् । यहाँको सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतंककारी विरुद्धको कारबाहीमा ६६ जना आतंककारी मारिएका हुन्। सो कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतंककारीहरूले निर्माण गरेका कैयौँ आश्रयस्थल पनि ध्वस्त बनाइ दिएको छ। उनीहरूले प्रयोग गर्ने शक्तिशाली हतियारहरूका साथै उनीहरूका सवारीसाधन पनि
लुमाजाङ। इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार प्राकृतिक ग्यास विस्फोट हुँदा करिब दुई किलोमिटर माथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको छ। इन्डोनेसियाली अधिकारीका अनुसार विस्फोटपछि करिब २ हजार व्यक्तिलाई स्थानीय बस्तीबाट सुरक्षित स्थानमा सारिएको छ। ज्वालामुखीका कारण करिब दर्जनौं मानिसको ज्यान गएको ठीक एक वर्षपछि यो विस्फोट भएको हो। राजधानी जकार्ताबाट करिब
नानचिङ। चीनको च्याङ्सु प्रान्तको स्यूचौ सहरस्थित एक निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। स्थानीय समयानुसार शुक्रबार साँझ ४:५० मा आगलागी भएको थियो। आगलागीमा फसेका सातमध्ये पाँच जनाको प्रारम्भिक उपचारको क्रममा नै ज्यान गएको हो। अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान गर्न नगर सरकारले अध्ययन
इन्डोनेसिया। इन्डोनेसिया सरकारले ठूलो निर्णय गर्ने भएको छ । चाँडै, इन्डोनेसियामा विवाह अघि वा पछि अपरिचित पुरुष र महिलासँग यौन सम्पर्क गर्न प्रतिबन्ध लगाइनेछ। नयाँ कानुनअनुसार श्रीमान्–श्रीमतीले मात्रै शारीरिक सम्बन्ध राख्न पाउनेछन् । यस्तो अवस्थामा विवाहित वा अविवाहित महिला वा पुरुषले यो कानूनको उल्लंघन गरेमा एक वर्ष जेल जान सक्नेछ । यसका साथै उनीहरुलाई जरिवाना
नयाँ दिल्ली। विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ फिरोजावाद (उत्तरप्रदेश)को एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए । आग्रा, इत्हा, मनिपुरीलगायत
नयाँ दिल्ली। भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम
वुहान। चीनमा कोभिड नियन्त्रणका लागि लागू कडा प्रतिबन्ध लम्ब्याएको भन्दै राष्ट्रपति सी जिनपिङको राजीनामा माग गरिएको छ। कोभिड प्रतिबन्धविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले राष्ट्रपति सीको राजीनामा माग गरेका हुन्। उनीहरुले ‘राष्ट्रपति सी जिनपिङ राजीनामा दे, कम्युनिस्ट पार्टी सत्ता छोड’ भन्दै नाराबाजी गरिरहेका छन्। कम्युनिष्ट पार्टीका महासचिवको सार्वजनिक आलोचना गर्नुले कसैलाई पनि जेलसम्म पुर्याउन सक्छ। यी