Category: अन्तर्राष्ट्रिय

आर्थिक समृद्धिका लागि दुई महिलाको बलि

नयाँ दिल्ली। भारतको केरला पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिएको घटना सार्वजनिक भएको छ । अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रकाशित समाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो । यस सम्बन्धमा कोच्ची सिटी प्रहरीले शफी उर्फ ​​रशीदसहित दम्पती भगवल सिंह र

विद्यालयमा गोली चल्दा ७ विद्यार्थीसहित १३ जनाको मृत्यु

मस्को (सिह्वा)। रूसको इजेभ्स्क सहरको एक विद्यालयमा गोली चल्दा ७ विद्यार्थीसहित १३ जनाको मृत्यु भएको छ। पश्चिमी रूसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको सहरी प्रशासन भवननजिकै रहेको विद्यालयमा सोमबार गोली चलेको हो। उक्त गोलीकाण्डमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको रूसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ। सो घटनामा १४ बालबालिका र अन्य

दुई वटा साना विमान आकाशमा ठोक्किंदा तीन जनाको मृत्यु

वासिङटन डिसी। अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ । बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी

ताइवानमा ६.८ म्याग्निच्युडको भूकम्प

ताइवान। ताइवानको दक्षिणपूर्वी क्षेत्रमा आइतबार ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपश्चात् त्यहाँ सुनामीको चेतावनी पनि जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणको मापनले भने सो भूकम्प ७.२ म्याग्निच्युड भएको जनाएको छ। भूकम्पको केन्द्रविन्दु पृथ्वीबाट १० किलोमिटर तल भएको बताइएको छ। ताइवानी मिडियाले एक भवन भत्किएको जनाएको छ। पूर्वी तटमा रेल पटरीबाट खसेको बताइएको छ। सो घटनामा

प्रधानमन्त्री देउवासँगअध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरे

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि देखि शिष्टाचार भेटवार्ता सुरु भएको हो। सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष जनरल पाण्डेबीच भेटवार्ता

विराटनगर। प्रधान सेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेबीच भेटवार्ता भएको छ। पाँच दिने नेपाल भ्रमणमा रहेका पाण्डेबीच सोमबार जंगी अड्डामा भेटवार्ता भएको हो। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार महारथी शर्माको कार्यालयमा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो। नेपाली सेनाले यस किसिमको भेटघाटले दुई देशका

नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारमा बेरोजगारीको समस्या बढ्दो:काँग्रेस नेता राहुल गान्धी

एजेन्स। काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दाबी गरेका छन्। उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप पनि लगाए। भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई

भारतीय स्थल सेनाध्यक्ष जनरल पाण्डे आज नेपाल आउँदै

काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे आज नेपाल आउँदैछन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी आज नेपाल आउन लागेका हुन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पाण्डे पाँच सदस्यीय टोलीसहित काठमाडौं आउनेछन्। पाँच दिने भ्रमणमा जनरल पाण्डेले सैनिक मञ्च टुंडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण र प्रधानसेनापति शर्मासँग छलफल हुने

आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगे

काठमाडौं। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पत्रकार सम्मेलन गर्दै टीट्वेन्टी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी दिएको हो। विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए। उनले ‘ट्रफी टुर’अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको जानकारी

एक रेलवे स्टेसनमा रुसले गरेको रकेट आक्रमणमा परी २२ जनाको मृत्यु

किभ। युक्रेनले आफ्नो एक रेलवे स्टेसनमा रुसले गरेको रकेट आक्रमणमा परी २२ जनाको मृत्यु भएको र लगभग ५० जना घाइते भएको बताएको छ । रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमा यो आक्रमण भएको हो । आक्रमण पूर्वी सहर च्याप्लिनमा भएको हो। त्यहाँ एक गाडीमा सवार पाँच जनाको गाडीभित्रै जलेर मृत्यु भएको बताइएको