Category: अपराध

बालकको हत्या गरि बागमती नदिमा फ्याक्ने २ जना रौतहट प्रहरीको फन्दामा

रौतहट ।बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा प्रहरीले उनका काका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय रामलाई पक्राउ गरेको प्रहरीले खुलासा गरेको हो। जग्गा सम्बन्धी पुरानो रिसवी

आफन्तले जापान पठाई दिन्छु भनि ४१ जनालाई ठगे : मेयरको हात रहेको आशंका

विराटनगर। बैदेशिक रोजगारमा पठाई दिन्छु भनि ४१ जनालाई ठगि गरिइएका छन्। मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाका अजय राजवंशीले ४१ जनालाई ठगि गरिइएका हुन्। बैदेशिक रोजगार जापानबाट फर्किएका अजय राजवंशीले सुनसरी ,मोरङ र झापाका ४१ जनालाई रोजगारीमा जापान पठाइदिन्छु भनेर ७ जनाको नाममा बैंकमा रकम जम्मा गर्न लगाएको थियो। विराटनगरमा सामुहिक पत्रकार सम्मेलन गर्दै आफुहरु ठगीमा परेको

चौथो बर्जु महोत्सवमा झडप हुँदा एक प्रहरी हवल्दार सहित ५ जना घाइते

विराटनगर। चौथो बर्जु महोत्सवमा झडप हुँदा ५ जना घाइते भएका छन् । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा यसवर्ष पनि झडप भएको छ । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो । सोमबारसम्म प्रवेश शुल्क ५० देखि १०० रुपैयाँ सम्म लिएको थियो। कलाकार अनुसार दिनुहु

घरमा जुवातास खेल्दै गरेका पूर्व वडाध्यक्ष सहित १० जना पक्राउ

वीरगन्ज। पर्साको पर्सागढी नगरपालिका-३ बढ्निहारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन्। सोमबार दिउँसो बढ्निहारका भागवत साहको घरमा जुवातास खेल्दै गरेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। साहको घरमा सोमबार दिउँसो प्रहरीले छापा मारेर पूर्व वडाध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरी लगायत १० जना जुवाडेलाइ पक्राउ गरेको हो।

मेनपावर एजेन्ट विजय मेहता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सामुहिक निवेदन

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाका युवाहरु मेनपावर एजेन्ट विजय मेहता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सामुहिक निवेदन दिएका छन्। इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका निवासी मेनपावर एजेन्ट विजय मेहताले वैदशिक रोजगारका नाममा ठगीमा परेपछि मेहता विरुद्ध सामुहिक निवेदन दिएका हुन् । मेहता हाल काठमाडौँमा बसोवास गरि रहेका छन्। मेहताले देवानगञ्ज गाउँपालिका (साबिक राजगंज सिनुवारी र मध्यहर्षाही)का

छात्राको मृत्युपछि प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साल पक्राउ

सिरहा। शुक्रबार मिर्चैया ६ स्थित सगरमाथा सेकेन्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत सिर्जना महरालाई कक्षामा पढाइ चलिरहेकै बेला पेट दुख्यो। शिक्षिका अम्बिका लम्साललाई पीडा सुनाइन्। शिक्षिकाले विद्यालयकै औषधिको बाकसमा रहेको सिटामोल दिइन्। सिर्जनाले औषधि खान पानी पनि मागिन्। नजिकै रहेको डिउको बोतल शिक्षिकाले हातमा थमाइन्। तर, खाएको केही समयमै सिर्जनालाई झनै गाह्रो भयो। शिक्षिकाले पानी

किर्ते नागरिकता बनाउने वडाध्यक्ष रहमान मियाँलाई जेल

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडाध्यक्ष रहमान मियाँ आइतबार जेल चलान भएका छन्। सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको डिएसपी नरेशकुमार सिंहले बताए। मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको

गुणस्तरहीन घिउसहित एक जना पक्राउ

पर्सा। वीरगञ्ज महानगरपालिका-१६ मा गुणस्तरहीन घिउसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका-८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेशकुमार राय रहेका छन्। श्री गणपति रिपैकिङ उद्योग, गणपति पूजा सामग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० केजी तौलमा प्याकिङ गरिएका डाल्डा घिउ २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको

६ वर्षीय एक बालकले शिक्षिकालाई गोली हाने

वासिङटन डिसी। अमेरिकाको भर्जिनियामा राज्यमा एक छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएका स्थानीय प्रहरीले जनाएको छ । न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न

प्रधानाध्यापक देउलासिंह ठकुरी पक्राउ

सुर्खेत। कालीकोटको महावै गाउँपालिकास्थित देव माध्यमिक विद्यालयका प्रधानाध्यापक देउलासिंह ठकुरी पक्राउ परेका छन्। विद्यालयका लेखापालको दस्तखत किर्ते गरी विद्यालयको खाताबाट १७ लाख बढी रकम हिनामिना गरेको कसुरमा प्रधानाध्यापक ठकुरी पक्राउ परेका हुन्। बिहीबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा विद्यालयको खाताबाट किर्ते गरी रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएपछि निज प्रधानाध्यापकलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी