विराटनगर। चौथो बर्जु महोत्सवमा झडप हुँदा ५ जना घाइते भएका छन् । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा यसवर्ष पनि झडप भएको छ । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो । सोमबारसम्म प्रवेश शुल्क ५० देखि १०० रुपैयाँ सम्म लिएको थियो। कलाकार अनुसार दिनुहु
वीरगन्ज। पर्साको पर्सागढी नगरपालिका-३ बढ्निहारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन्। सोमबार दिउँसो बढ्निहारका भागवत साहको घरमा जुवातास खेल्दै गरेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। साहको घरमा सोमबार दिउँसो प्रहरीले छापा मारेर पूर्व वडाध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरी लगायत १० जना जुवाडेलाइ पक्राउ गरेको हो।
विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, हुक्कामा हाल्ने फ्लेवर, मोवाईल, मोजा, जर्सी गाई, हाँस र माछा लगायतका सामान गरी अन्दाजी मुल्य रू. ९,३१०००।- (नौलाख एकतिसहजार) बराबरको सामान बरामद गरी आवश्यक कारवाहिको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको ।
देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाका युवाहरु मेनपावर एजेन्ट विजय मेहता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सामुहिक निवेदन दिएका छन्। इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका निवासी मेनपावर एजेन्ट विजय मेहताले वैदशिक रोजगारका नाममा ठगीमा परेपछि मेहता विरुद्ध सामुहिक निवेदन दिएका हुन् । मेहता हाल काठमाडौँमा बसोवास गरि रहेका छन्। मेहताले देवानगञ्ज गाउँपालिका (साबिक राजगंज सिनुवारी र मध्यहर्षाही)का
सिरहा। शुक्रबार मिर्चैया ६ स्थित सगरमाथा सेकेन्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत सिर्जना महरालाई कक्षामा पढाइ चलिरहेकै बेला पेट दुख्यो। शिक्षिका अम्बिका लम्साललाई पीडा सुनाइन्। शिक्षिकाले विद्यालयकै औषधिको बाकसमा रहेको सिटामोल दिइन्। सिर्जनाले औषधि खान पानी पनि मागिन्। नजिकै रहेको डिउको बोतल शिक्षिकाले हातमा थमाइन्। तर, खाएको केही समयमै सिर्जनालाई झनै गाह्रो भयो। शिक्षिकाले पानी
सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडाध्यक्ष रहमान मियाँ आइतबार जेल चलान भएका छन्। सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको डिएसपी नरेशकुमार सिंहले बताए। मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको
पर्सा। वीरगञ्ज महानगरपालिका-१६ मा गुणस्तरहीन घिउसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका-८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेशकुमार राय रहेका छन्। श्री गणपति रिपैकिङ उद्योग, गणपति पूजा सामग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० केजी तौलमा प्याकिङ गरिएका डाल्डा घिउ २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको
वासिङटन डिसी। अमेरिकाको भर्जिनियामा राज्यमा एक छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएका स्थानीय प्रहरीले जनाएको छ । न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न
काठमाडौं। एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरूले कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी खडा गरेर त्यसमार्फत विदेशी नागरिकलाई ठगी गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले जनाएको छ। उक्त आर्थिक अपराधमा संलग्न रहेको आरोपमा अछाम बन्नीगढी गाउँपालिका–६ घर भइ काठमाडौं
सुर्खेत। कालीकोटको महावै गाउँपालिकास्थित देव माध्यमिक विद्यालयका प्रधानाध्यापक देउलासिंह ठकुरी पक्राउ परेका छन्। विद्यालयका लेखापालको दस्तखत किर्ते गरी विद्यालयको खाताबाट १७ लाख बढी रकम हिनामिना गरेको कसुरमा प्रधानाध्यापक ठकुरी पक्राउ परेका हुन्। बिहीबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा विद्यालयको खाताबाट किर्ते गरी रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएपछि निज प्रधानाध्यापकलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी