Category: अपराध

न्यूनतम मुल्याङकन गरी आयात गरिएका सामग्री बरामद

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेष चौक स्थितबाट प्रहरीले न्यूनतम मुल्याङकन गरी आयात गरिएका बिभिन्न सामग्रीहरु बरामद गरेको छ । बुधबार अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले BR38E 7425 नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम मुल्याङकन गरी आयात

लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

विराटनगर। झापाको भद्रपुर र बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अस्थायी प्रहरी पोस्टले भद्रपुर- ५ स्थित मेची पुलबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्याम्पो चालक बिर्तामोड नगरपालिका- २ निवासी ३६ वर्षीय लोकराज राजवंशी र ट्याम्पोमा सवार कनकाई नगरपालिका-८ निवासी २५ वर्षीय अजय

खुकुरी प्रहारबाट गम्भीर घाइते

हेटौंडा। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका – १२ सिग्रेनी निवासी २६ वर्षीय बिरन घिसिङलाई थप उपचारको लागि काठमाडौंको बीएनबी अस्पताल पठाइएको छ । स्थानीय ३८ वर्षीय झोन सागर ब्लोनको प्रहारबाट घाइते भएका घिसिङलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । घाइतेको अवस्था गम्भीर भएकाले हेटौंडा अस्पतालले काठमाडौंको बीएनबी अस्पताल रिफर गरेको जिल्ला प्रहरी

दान पेटिका फुटाई नगद चोरी गर्ने किशोर पक्राउ

हेटौंडा। मन्दिरको दान पेटिका फुटाई नगद चोरी गर्ने किशोरलाई  गरेको पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका – ७ निवासी १६ वर्षीय किशोर रहेका छन् ।हेटौंडा–६ गौरीटारस्थित श्री कृष्ण प्रणामी मन्दिरको दान पेटिकाबाट गत भदौ २४ गते नगद चोरी भएको थियो । मन्दिर संरक्षण समितिले दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । चोरी गरी लगेको नगद

रक्सीले मात्तिएर बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ

गोरखा। रक्सीले मात्तिएर बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन्। बाग्लुङ गलकोट- ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। रानामाथि चुमनुब्री ३ पामो (सिर्दिबास)की १४ वर्षीया बालिका बलात्कार गरेको आरोप छ। गत शनिबार अपरान्ह साँढे पाँच बजे बारीमा

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर। झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उप-महानगरपालिका-१५ का ३२ बर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी कुशेचौरी

आफू निर्दोष भएको भन्दै लामिछानेले सीपीएल छाडेर नेपाल फर्कने

काठमाडौं। बलत्कार आरोप लागेका नेपाल क्रिकेट संघ (क्यान)का राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन्। उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफू निर्दोष भएको बताएका हुन्। लामिछानेले ट्विट गर्दै आफूलाई नेपालको कानूनमा पूर्ण विश्वास भएको र केही दिनपछि सीपीएल छाडेर नेपाल फर्कने बताए। उनले भने, ‘म निर्दोष छु र नेपालको सम्मानित

शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध हो:शिक्षामन्त्री पौडेल

काठमाडौं। शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताएका छन्। ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृतिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताए।

मोरङमा सुधार केन्द्रबाट १३ जना दुर्व्यसनी फरार

विराटनगर। मोरङमा सुधार केन्द्रबाट शनिबार साँझ १३ जना दुर्व्यसनी फरार बनेका छन्। उर्लाबारी नगरपालिका–७ मा रहेको जीवन बचाउ उपचार सेवा गृह नामक सुधार केन्द्रबाट शनिबार साँझ १३ जना दुर्व्यसनी फरार बनेका हुन्। दुर्व्यसनमा फसेका लागुऔषधका सेवनकर्तालाई उपचार तथा सुधारका लागि सुधार केन्द्रमा राख्ने गरिन्छ। सुधार केन्द्रमा रहेका ३२ जनामध्ये १३ जना साँझ ६:४५ बजेतिर फरार

एक युवाले एकै परिवारका तीन जनाको हत्या गरे

उदयपुर। उदयपुरको बेलका नगरपालिका—७ गौधाटारमा एक युवाले शुक्रबार एकै परिवारका तीन जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। घरबाट खेती गर्न जाँदै गरेका स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षिया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या भएको हो। हत्यालगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला