Category: अपराध

चर्को ब्याजदरमा ऋण लगानी गर्ने पक्राउ

महोत्तरी। चर्को ब्याजदरमा ऋण लगानी गरि उठिवास गराएको आरोपमा महोत्तरी प्रहरीले एकजना मिटरब्याजीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा भंगहा नगरपालिका- ५ सिद्धपुर घर भएका अनिरुद्ध साह हुन् । प्रहरीका अनुसार साहले चर्को ब्याजदरमा ऋण लगानी गर्दै आएको र ठगि जालसाजी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो। महोत्तरी प्रहरीले मिटरब्याजी

कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको म्यानेजरलाई पक्राउ

महोत्तरी। संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट एकजना सहकारीका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर सोनमा गाउँपालिका वडा नं. ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन् ।मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका प्रहरीले जानकारी

लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ

विराटनगरबाट प्रहरीले मङ्गलबार साँझ लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ का ४३ वर्षीय प्रदीप साहलाई साँझ ७ः४५ बजेतिर प्रहरीले पक्राउ गरेको हो । लुकिछिपी बसेको अवस्थामा साहलाई विराटनगर–१३ रोडशेष चोकनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लेनदेन मुद्दामा जिल्ला अदालत मोरङले २०७८ चैत २७ गते उनलाई एक वर्ष कैद

होटलको कोठामा एक महिला र एक पुरुष मृत फेला परे

बुटवल । बुटवलको फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा एक महिला र एक पुरुष मृत फेला परेका छन्। होटलको कोठामा रक्ताम्य अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग कुमपुर-५ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला

मोरङमा आफ्नै नाबालिका छोरीमाथि यौनजन्य क्रियाकलाप गर्ने बुवा पक्राउ

बिराटनगर। मोरङको पथरीशनिश्चरेमा आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको अरोपमा ४० वर्षीय बुबालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । उनलाई आफ्नी जेठी श्रीमतीको उजुरीको आधारमा साउन १६ गते पथरीस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुपन्देहीमा गोली चल्यो

भैरहवा। रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा गोली चलेको छ । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । अज्ञात समूहको प्रहार गरेको गोली गुरुङको कम्मरमाथि कोखामा लागेको छ । अहिले उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी बेदबहादुर पौडेलले

निगुरो टिप्न गएकी १४ वर्षीया बालिका बलात्कृत

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ । ललाईफकाई बेलबारी स्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई नेपालीले बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत सोमबार साँझ

विराटनगरमा मध्यराति भारतीय नागरिकले छुरा आतंक मच्चाए

विराटनगर । विराटनगरको एउटा ‘गीत गजल’मा बुधबार मध्यराति भारतीय नागरिकले छुरा आतंक मच्चाएका छन् । प्रहरीका अनुसार ग्राहाक बनेर विराटनगर महानगरपालिका–११ नयाँ गुद्रीस्थित लोटस गीत गजलमा छिरेका तीन जना भारतीय नागरिकले राति ११:१५ बजेतिर छुरा आतंक मच्चाएका हुन् । ‘गीत गजल’मा केही समय खानपिन गरेर बसेका उनीहरुले पैसा तिर्ने बेलामा विवाद गर्दै कामदारमाथि छुरा हानेका

सुरक्षा निकाय गाँजा समाउने तर्फ केन्द्रित भइरहेको बेला राज्यलाई हानी हुने खालको बस्तु ओसारपोसार गर्ने समुह सक्रिय हुदै

बिराटनगर। प्रदेश एक प्रहरी कार्यालयका सादा पोसाक प्रहरीहरुको ध्यान गाँजा समाउने अभियान तर्फ केन्द्रित हुदै गइरहेको छ। यो अभियानलाई सफल पार्नको लागि मोरङको सुरक्षाकर्मीको एकाईले पनि सहयोग गर्दै आइरहेको छ।  सावन १ गते देखि अहिले सम्ममा २ सय ५० किलोग्राम भन्दा बढी गाँजा पक्राउ गरि सकेको छ।  उक्त गाँजाहरु नेपाल बाट भारत तर्फ लाने क्रममा

सुनसरी टेक्निकल कलेजबाट उत्तीर्ण गरेको डीप्लोमा इन सिभिल इन्जिनियरिङको शैक्षिक प्रमाण पत्र नक्कली

बिराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इन्जिजिय रामबाबु यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ओखलढुंगाको खानेपानी तथा सरसफाई डिभिजन नं. २ मा कार्यरत यादवले योग्यताको प्रमाणपत्र नक्कली देखिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो। सुनसरी टेक्निकल कलेजबाट उत्तीर्ण गरेको डीप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरु, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स, नक्कली बनाई सरकारी सुविधा प्राप्त लिएको