Category: अपराध

शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध हो:शिक्षामन्त्री पौडेल

काठमाडौं। शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताएका छन्। ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृतिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताए।

मोरङमा सुधार केन्द्रबाट १३ जना दुर्व्यसनी फरार

विराटनगर। मोरङमा सुधार केन्द्रबाट शनिबार साँझ १३ जना दुर्व्यसनी फरार बनेका छन्। उर्लाबारी नगरपालिका–७ मा रहेको जीवन बचाउ उपचार सेवा गृह नामक सुधार केन्द्रबाट शनिबार साँझ १३ जना दुर्व्यसनी फरार बनेका हुन्। दुर्व्यसनमा फसेका लागुऔषधका सेवनकर्तालाई उपचार तथा सुधारका लागि सुधार केन्द्रमा राख्ने गरिन्छ। सुधार केन्द्रमा रहेका ३२ जनामध्ये १३ जना साँझ ६:४५ बजेतिर फरार

एक युवाले एकै परिवारका तीन जनाको हत्या गरे

उदयपुर। उदयपुरको बेलका नगरपालिका—७ गौधाटारमा एक युवाले शुक्रबार एकै परिवारका तीन जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। घरबाट खेती गर्न जाँदै गरेका स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षिया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या भएको हो। हत्यालगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला

देवानगंज गाउँपालिकामा म्याद सकिएको सामान खुलेआम विक्री वितरण हुँदै

विराटनगर । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेको विशाल सप्लायर्सको कर्तुत बाहिरिएको छ । सप्लायर्सले म्याद सकिएको समानहरु खुल्लेयाम बेचिरहेको कर्तुत बाहिरिएको हो । शुक्रबार एक उपभोक्ताले एक प्याकेट चिउरा किन्दा ९ महिना पहिले म्याद सकेको चिउरा दिएको स्थानीय दिपक कुमार मेहताले बताए । मेहताका अनुसार एनआइसी एसिया बैंकका कर्मचारी सुरज मुखियाले विशाल

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर। सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। धरान उप-महानगरपालिका-८ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान-८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान-१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन । हिजो अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको

यौनदुर्व्यवहारको आरोपमा अध्यक्ष ढकाल पक्राउ

विराटनगर। गैर सरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाललाई अप्राकृतिक यौनदुर्व्यवहारको आरोपमा प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ बाट ५५ वर्षीय ढकाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । १३ वर्षीय बालकलाई अप्राकृतिक यौनदुर्व्यवहार गरेको आरोप ढकालमाथि लागेको छ । बालकलाई यौन दुव्यवहार गरेको आरोपमा ढकालविरुद्ध किटानी जाहेरी

लमजुङमा भरुवा बन्दुकसहित एकजनालाई पक्राउ

लमजुङ। लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । क्व्होँलासोथर गाउँपालिका-८ घाम्राङ घर भइ हाल वडा नम्बर-९ साल्मेका २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । लमजुङका प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसलाई धाक धम्की दिने गरेको भन्ने विषेश

सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई यातना दिने पक्राउ

काठमाडौं। नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ। प्रहरीको साइवर व्युरो भोटाहिटिको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत् साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय

श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या:श्रीमान् पक्राउ

झापा। श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । झापा गाउँपालिका- ६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले आफ्नै श्रीमती ३५ वर्षीया तालामोही हस्दालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार राती १०:१० मा मादक पदार्थ सेवन गरी

कोठा भाडामा लिएर लागुऔषध किनबेचमा संलग्न एक महिलासहित ६ जना पक्राउ

विराटगनर। कोठा भाडामा लिएर लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार गर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको छ। भारतबाट लुकाईछिपाई ल्याएको ब्राउन सुगर भाडाको कोठामा राखेर लागुऔषधका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको खुलेको हो। ब्राउन सुगरको किनबेचमा संलग्न एक महिलासहित ६ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१४ का विपिन शर्माको घरमा डेरा बस्ने सुनसरीको रामधुनी नगरपालिका–८ की