Category: अपराध

सीटी सफारीमा राखेर ओसार्दै गरेको ६१ किलोग्राम गाँजा बरामद

विराटनगर। सीटी सफारीमा राखेर ओसार्दै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा प्रहरीले विराटनगरबाट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका–१४ जतुवाबाट लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार प्लाष्टिकमा प्याक गरी को २ ह ४६१० नम्बरको सिटी

यौन दुर्व्यवहारका सिकार भएकी महिलालाई सान्त्वना, आत्मविश्वास र हौसला प्रदान गर्नुको साटो उल्टै समाजले तिरस्कार गर्न खोजे

झापा। यौन दुर्व्यवहारका सिकार भएकी महिलालाई सान्त्वना, आत्मविश्वास र हौसला प्रदान गर्नुको साटो उल्टै समाजले तिरस्कार गर्न खोजेको एउटा घटना बाहिर आएको छ। घटना हो ,झापा मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित अरनिको माविमा कार्यरत महिला शिक्षकको। करिब २ महिनाअघि सोही विद्यालयका तत्कालीन प्रधानाध्यापक अग्नि घिमिरेबाट ती महिला शिक्षक यौन दुर्व्यवहारको सिकार भएकी थिइन्।एकल महिलासमेत रहेकी उनी सोही

भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने युरिया मल गुणस्तरहीन प्रमाणित

बिराटनगर। भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने युरिया मल गुणस्तरहीन प्रमाणित भएको छ। सीमा आसपासका नेपाली कृषकलाई लक्षित गरी तस्कर समूहले मल ल्याउने गरेका हुन्। चोरी तस्करी गरी ल्याइएको उक्त मल सशस्त्र र नेपाल प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ। यसरी बरामद भएका दुई सय बोराभन्दा बढी मल भद्रपुर भन्सार कार्यालय परिसरमा लिलामका लागि

उपसचिव नेपाल ६ लाख घुससहित पक्राउ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने सम्बन्धमा उपसचिव नेपालले घुस लिएका हुन्। उनलाई काठमाडौंको होटेल अर्यानाबाट प्रकाउ गरिएको हो। अख्तियारको टोलीले उपसचिव नेपालको कारबाट स्रोट्ट नखुलेको १६

नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम अझै रोकिएन

झापा। नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम अझै रोकिएको छैन। मोरङ प्रहरीले विराटनगरबाट भारततर्फ जाँदै गरेको इन्डोनेसियाबाट आयातित ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको आठ ट्रक सुपारी नियन्त्रण लिएको घटना चर्चामा रहेको बेला दिनहुँ जसो काँकडभिट्टा नाकाबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ। सोमबार बिहान साढे ३ बजे इलाका प्रहरी

एकै परिवारका चार जना मृत भेटिए : घरमुलीले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका

काठमाडौं । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो । दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी

एकै परिवारका चारजनाको विभत्स हत्या

काठमाडौं। तारकेश्वर नगरपालिका- २ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ ।घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मृत्यु हुनेमा श्रीमान,श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको

रुपन्देहीबाट नगद १५ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ

बिराटनगर। स्रोत नखुलेको रकमसहित रुपन्देहीबाट एक जना पक्राउ परेका छन्। सिद्धार्थ नगरपालिका-१ बाइपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशी साहुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। लु६प ७१२९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साहुको साथबाट उक्त नगद फेला परेको रुपन्देही प्रहरीले

तीन वर्षमा करिब दुई सय जना महिला तथा बालबालिका हराए

बैतडी। भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन्। आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। उनका अनुसार आव २०७६/७७ मा ४५, २०७७/७८ मा ६०, आव २०७८/७९ मा ८४ जना हराएका हुन्। सो अवधिमा हराएकामध्ये अधिकांश महिला

एकै दिनमा राहदानी बनाई दिन्छौँ भनी ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका -११ त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाई दिन्छौँ भनी रकम संकलन गरी ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ३३ वर्षीय राम बहादुर बोगटी, चावहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका-१० चुन्वाङ