काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलोभोल्ट (केभी)का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ। सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो। २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमशः २६० एमभीए र ६० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन्। इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट
बैतडी। बैतडीमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटका ३७ वर्षीय रघुबिर कुवँर सोही वडाको घङराड भन्ने स्थानमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुवँरको शव पोष्टमाटमको लागि स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। बिहीबार घरबाट किनमेलका लागि नजिकैको चौथाली बजार
सोलुखुम्बु। सोलुखुम्बुमा महिलाका नाममा घर/जग्गा पास (लिखत) गराउनको संख्या २५ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घर/जग्गा पास गर्ने महिलाको संख्या २५ प्रतिशतले घटेको मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा १४ सय १ जनाले जग्गा पास गराएकोमा ५३२ जना महिला रहेका थिए। तर गत आर्थिक वर्षमा
बिराटनगर । एकैदिन थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६४९१ नमूना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २९४१ र एन्टिजेनबाट ३५५० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ५२९ र एन्टिजेनबाट ३८३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप
काठमाडौं। सरकारले शहरी विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख (करीब १४ अर्ब ६९ करोड) सहुलीयतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै यसबारे जानकारी
काठमाडौं। नेकपा एमाले नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा नेता रावलले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनैपनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरित हुने
काठमाडौ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत आफूतिर पार्ने महासंग्राममा होमीन सम्पूर्ण पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अबको मुख्य केन्द्र संघ र प्रदेश सभाको निर्वाचन रहेको भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन् । अबको मुख्य केन्द्र निर्वाचन हो । यो निर्वाचन एउटा मौका हो । यो
काठमाडौं । नेपाल समाजवादी पार्टीको बैठक भोलि (शनिबार) बस्ने भएको छ। काठमाडौंमा बस्ने बैठकमा विविध एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ । बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन सम्बन्धी निर्णय हुने बताइएको छ । यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र
बिराटनगर। देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको दोहोर्याएका छन्। मन्त्री खाडले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका हुन्।उनीहरुबीच शुक्रबार गृहमन्त्रालयमा भेटवार्ता भएको थियो। नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले राजदूत यान्छीसँग भने, ‘नेपाली भूमिमा छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी