कोशी प्रदेशका पहाडी जिल्लाहरूमा खेलकुद बोर्डको अनुगमन र अन्तरक्रिया विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका विभिन्न पहाडी जिल्लाहरूको खेलकुद समिति मातहतको कार्यालय तथा खेलकुदको संरचनाको अनुगमन तथा खेलक्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ। प्रदेशका १४ जिल्लाकै खेलकुद संरचनाको अनुगमन, निरीक्षण र अन्तरक्रियाको क्रममा हाल बोर्डले प्रदेशका पहाडी जिल्लाहरूमा खेलक्षेत्रका सरोकारवालाहरू, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, निजीक्षेत्रसँग