विराटनगर । संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछी सम्म सडकको बिच भाग (डिभाइडर) मा बिरुवा रोपी संविधान दिवस मनाइएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले बिरुवा रोपेर
विराटनगर। सिटीनेटको निमन्त्रणमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन् । ३ दिने सिटीनेटको नेशनल कंग्रेसमा सहभागी हुन मेयर कोइराला सोमबार मलेसिया प्रस्थान गरेका हुन् । विराटनगर महानगरपालिका सिटीनेटको स्थायी सदस्य हो । मेयर कोइराला विराटनगर महानगरपालिकाको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । सिटीनेटमा एसिया प्यासिफिक
झापा। पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- ३ निवासी देवान टुडुका १४ वर्षीय छोरा विजय टुडु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कामाटोली बजारबाट आइतबार बिहानदेखि हराएका बालक विजय सोमबार बिहान ७ : ४० बजे झापा- ३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा मृत फेला
विराटनगर। मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले केही दिन वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। संविधान दिवसका अवसरमा सोमबार मानपदवी, अलंकार र पदकबाट सम्मान गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ गतेको सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा विभूषण प्रदान
नुवाकोट। संविधान दिवसका अवसरमा नुवाकोटका ६ जना कैदीबन्दी रिहा भएका छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसँगै बन्दी जीवन विताइरहेका नुवाकोटका ६ जना कैदीबन्दी रिहा भएका हुन् । संविधान दिवसको अवसरमा नुवाकोटसहित विभिन्न कारागारबाट कैदीबन्दी रिहा गर्न कारागार प्रशासनले गरेको सिफारिस छानविन गरी सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैदीबन्दी
विराटनगर। हिन्दु धर्मावलम्बी मधेशी तथा थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ। यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन्। पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’
विराटनगर। असोज संक्रान्तिको अवसरमा शनिबारका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद
विराटनगर। १ नम्बर प्रदेश प्रहरीले सिमावर्ति क्षेत्रमा लामो दुरीको गस्ति परिचालन छ। सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार लामो दुरीको गस्ति परिचालन हो। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागी लामो दुरीको पैदल
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेष चौक स्थितबाट प्रहरीले न्यूनतम मुल्याङकन गरी आयात गरिएका बिभिन्न सामग्रीहरु बरामद गरेको छ । बुधबार अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले BR38E 7425 नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम मुल्याङकन गरी आयात