Category: समाचार

विराटनगरमा नेवा महोत्सव तथा पर्यटन हाट शुरु

विराटनगर। विराटनगरमा दुई दिने नेवा महोत्सव तथा पर्यटन हाट शुरु भएको छ । नेवारी संस्कृति र परम्पराका साथै नेवारी खानाको परिकारहरुको प्रवद्र्धन गर्न शुरु गरिएको हो। विराटनगर स्थित झी पुःचको प्राङ्गणमा आयोजना गरिएको तेस्रो महोत्सवमा नेवारी खाना र परिकारहरु विक्रीका लागि राखिएको छ । यस्तै, मैथिल र थारु जातिका खानाको परिकारहरु पनि प्रदर्शनीमा राखिएको छ

जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेटे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाराजगन्ज स्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न,पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि आग्रह गरेका छन्। साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट

आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु

विराटनगर। विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । विराटनगर–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले लगाएको साडी र प्लास्टिकको कुर्सीमा आगो सल्किँदा घटना भएको थियो। घटनाको अनुसन्धानका लागि हाल विराटनगरस्थित वडा प्रहरी कार्यालयको टोलीलाई घटनास्थलमा खटाइएको

मानव वस्तीमा पसेको चितुवा नियन्त्रण

बागलुङ। बागलुङ बजारको मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। बुधबार बिहान बागलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा पसेको चितुवालाई डिभिजन वन कार्यालय बागलुङ र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको हो। खड्का परिवारले चितुवालाई घरभित्रै पसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी र डिभिजन वन कार्यालयको टोली उक्त घरमा पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको

बेपत्ता कार्कीको शव ३ महिनापछि भेटियो

सोलुखुम्बु / सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- २ काँगेल बोगलका बाल कुमार कार्कीको शव भेटिएको छ । गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका  २७ वर्षीय कार्कीको शव मंगलबार फेला परेको हो । हिमपात भएको बेला बेपत्ता बनेका कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताए । उनको शव हेलिकप्टरमार्फत पोखरा

धनपालथान गाउँपालिकाले स्विटर ,ज्याकेट वितरण गरे

बैजनाथ शर्मा ,कदमाहा। धनपालथान गाउँपालिकाले गरिब ,बिपन्न ,दलित तथा जेष्ठ नागरिकलाई स्विटर ,ज्याकेट वितरण गरेका छन् । जाडो र शितलहर बढेको कारण गरिब ,बिपन्न ,दलित तथा जेष्ठ नागरिकलाई स्विटर ,ज्याकेट वितरण गरेका हुन्। अध्यक्ष र उपाध्यक्षको उपस्थितिमा वडा नम्बर १ ,२ ,३ र ७ मा ५० थान स्विटर र ५० थान ज्याकेट वितरण गरेका छन्

१ नम्वर प्रदेश प्रहरी श्रीमती संघद्वारा दिवा खाजा बितरण

विराटनगर। सुनसरीको पानवारी धरान स्थितमा रहेको आसरा सुधार केन्द्रमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा दिवा खाजा बितरण गरिएको छ । “सेवा नै धर्म हो” भन्ने भावनाका साथ आज दिउसो भएको कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष एवं आसरा सुधार केन्द्रको संरक्षक श्रीमती कल्पना गिरी, महासचिव श्रीमती अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित

काठमाडौ। राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको छ। भोलि सोमबार आयोजना गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको हो। २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको गृह मन्त्रालयले जनाएको छ।

विमान दुर्घटनामा ६८ जनाको शव फेला परे

विराटनगर। पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६८ जनाको शव फेला परेको छ। अझैं ४ जनाको अवस्‍था अज्ञात छ। उद्दार कार्य जारी छ। दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको काश्की प्रहरीले जनाएको छ। यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक

विराटनगरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाए

विराटनगर। नेपाल सरकार ले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गर्दे सार्वजनिक विदा दिएकोमा नेपाल सरकार राजसंस्था प्रति उदार भएको महसुस गरेका छन्। नेपाल विद्वत् परिषद मोरङ ले विराटनगरमा आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बोल्नु हुने अधिकांस वक्ताहरूले आशय व्यक्त गर्नुभयो। उक्त अवसरमा परिषद का केन्द्रीय अध्यक्ष