Category: समाचार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण गरे

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण गरेका छन्। जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार शपथ ग्रहण गराएका हुन्। यसैगरी नेकपा एमालेका जगन्नाथ थपिलया आर्थिक मामिला तथा योजना मन्त्री र रापपाका उद्धव थापा बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन्। शर्माले जम्कट्टेललाई सोमबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। जम्कट्टेललाई

नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङ अध्यक्षमा सुवोध आचार्य

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन बराल, सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा जयराम राजवंशी चयन भएका छन् । सदस्यहरुमा किरण रिजाल, राजेन्द्र भट्टराई, सुरज गौतम, अर्जुन बाँस्तोला,

डीएसपी वलीसहित आठ प्रहरी घाइते

सिरहा। सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुंगामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन्। बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो। भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रु ग्यास र गोलीसमेत चलाउनुपरेको थियो। झडपमा आन्दोलनकारीले पेट्रोल

पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटे

विराटनगर। नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ। एलपी ग्यासको भाउ भने यथावत छ। निगमले आज राति १२ बजेबाट लागू हुने गरी भाउ निर्धारण गरेको

अबैध रुपमा हुने चोरी पैठारीको कार्यलाई निरुद्साहित गर्न असफल

विराटनगर । खुला सिमानाको कारण अबैध रुपमा हुने चोरी पैठारीको कार्यलाई निरुद्साहित गर्न चालिएको कदम अहिले पनि पुर्णरूपमा सफल हुनसकेको छैन। विराटनगर रानी भन्सार कार्यालयले जोगवनि बजारबाट समान किनेर ल्याउनेलाई राजश्व तिर्न लगाएर समान छोडि दिए पनि जोगवनिका ठूला व्यापारीहरूले अबैध रूपमा सोही बाटोबाट विराटनगर सम्म समान ल्याईदिने गरेका छन्। जोगवनिका नाम चलेका कपडा व्यवसायहरू

आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु

सुनसरी। जिल्ला सदरमुकाम इनरुवामा आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु गरिएको छ । सनातत कूटुम्भ नेपालको पहलमा इनरुवा नगरपालिका समेतको विषेश सहयोगमा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण गर्न एवम् न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा नगरक्षेत्रका पाँच हजार बढी बालबालिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विषेश गरेर विधार्थी

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै उनको सांसद पद यथावत रहने भएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलाशले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधान गर्न आग्रह

काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ। संघले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

झापाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका-५ का २२ बर्षीय गौरव चुडाल र ४४ बर्षीय भिम बहादुर बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र १

यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको दावी दोहोर्‍याए

काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको दावी दोहोर्‍याएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष यादव बीच भेट घाटमापार्टीको दावी दोहोर्‍याएका हुन् । यादव एमाले अध्यक्ष ओलीलाई भेटन मंगलबार बेलुकी बालकोट गएको स्रोतले बताएको छ । यादवले अध्यक्ष ओलीसँग उपराष्ट्रपतिमा आफ्नो पार्टीले दावी दोहोर्‍याएका थिए ।