इलाम। इलाममा अरिंगालले टोकेर १० जना घाइते भएका छन्। शुक्रबार बिहान शुक्रबारे बजारबाट नयाँबजार जाने क्रममा अरिंगालले टोकेका उनीहरूलाई अस्पताल पठाइएको स्थानीय देवी अधिकारीले जानकारी दिए। अरिंगालले टोकेका १० मध्ये उषा घिमिरे र रविन पौड्याललाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि झापा पठाएको प्रहरी हवल्दार भोला ठाकुरले जानकारी दिए। अन्यको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको
हेटौंडा। भीमफेदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। हेटौंडा अस्पतालमा लैजाने क्रममा बाटोमै थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या सात पुगेको हो। मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको
विराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई १ नम्बर प्रदेश सरकारले मोटरसाईकल हस्तान्तरण गरेको छ । बुधबार दिउसो माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री राजेन्द्र कुमार राईले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई बजाज
हेटौंडा। मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।थप जानकारी आउन बाँकी……
बझाङ। बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका- ७ स्थित पानी काफल सामुदायिक वन क्षेत्र ( घुसखोला ) मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। हाल नाम, थर, वतन नखुलेका पुरूष बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
विराटनगर । संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछी सम्म सडकको बिच भाग (डिभाइडर) मा बिरुवा रोपी संविधान दिवस मनाइएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले बिरुवा रोपेर
विराटनगर। सिटीनेटको निमन्त्रणमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन् । ३ दिने सिटीनेटको नेशनल कंग्रेसमा सहभागी हुन मेयर कोइराला सोमबार मलेसिया प्रस्थान गरेका हुन् । विराटनगर महानगरपालिका सिटीनेटको स्थायी सदस्य हो । मेयर कोइराला विराटनगर महानगरपालिकाको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । सिटीनेटमा एसिया प्यासिफिक
झापा। पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- ३ निवासी देवान टुडुका १४ वर्षीय छोरा विजय टुडु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कामाटोली बजारबाट आइतबार बिहानदेखि हराएका बालक विजय सोमबार बिहान ७ : ४० बजे झापा- ३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा मृत फेला
विराटनगर। मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले केही दिन वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। संविधान दिवसका अवसरमा सोमबार मानपदवी, अलंकार र पदकबाट सम्मान गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ गतेको सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा विभूषण प्रदान