इलाममा अरिंगालले टोकेर १० जना घाइते

इलाम। इलाममा अरिंगालले टोकेर १० जना घाइते भएका छन्।

शुक्रबार बिहान शुक्रबारे बजारबाट नयाँबजार जाने क्रममा अरिंगालले टोकेका उनीहरूलाई अस्पताल पठाइएको स्थानीय देवी अधिकारीले जानकारी दिए।

अरिंगालले टोकेका १० मध्ये उषा घिमिरे र रविन पौड्याललाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि झापा पठाएको प्रहरी हवल्दार भोला ठाकुरले जानकारी दिए। अन्यको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए।

प्रहरीका अनुसार सोम प्रसाद लिम्बू, चेवन पोख्रेल, प्रनिता श्रेष्ठ, अनिसा मगर, निमा श्रेष्ठ, इसा प्रधान, लाल बहादुर कार्की, प्रकाश भण्डारीको माइजोगमाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।